
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार मुम्बइस्थित औद्योगिक क्षेत्रमा रहेको हिन्दूस्थान युनिलिभर लिमिटेडमा । तस्बिर ः प्रकाश सिलवाल, मुम्बई, रासस
मुम्बई (भारत), १२ फागुन । भारतको छ दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुम्बइस्थित औद्योगिक पार्कमा रहेको हिन्दूस्तान युनिलिभर लिमिटेडमा पुगी त्यस कम्पनीको उत्पादन र विश्वव्यापी बजार सञ्जालबारे जानकारी लिनुभयो ।
उपभोक्ताका लागि दैनिक जीवनमा आवश्यक सामग्रीको उत्पादन गरी विश्वका अन्य मुलुकमा पनि निर्यात गर्दै आएको सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मेहताले त्यहाँको कार्यसञ्जालबारे अवगत गराउनुभएको थियो ।
युनिलिभर नेपालका अध्यक्ष प्रदीप बनर्जी र नेपालका उद्यमी रविभक्त श्रेष्ठले सो कम्पनीलाई नेपालमा लगानी बढाउने सम्भावनाबारे अवगत गराउनुभएको थियो । सो कम्पनी भारतकै ठूला कम्पनीमध्ये एक मानिन्छ ।
नेपाली प्रमण्डलले नेपालमा विशेष आर्थिक क्षेत्रको स्थापना, लचिलो श्रम कानुन र लगानीको सुरक्षाको वातावरण भएकाले नेपालमा लगानी बढाउन र कतिपय उत्पादन नेपालमा गरेर भारत निर्यातको व्यवस्थाका लागि सहकार्यको प्रस्ताव गरेको थियो ।
प्रधानमन्त्रीकासाथ अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, मुख्य सचिव डा सोमलाल सुवेदी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी राधेश पन्त तथा अन्य नेपाली व्यवसायीलगायत हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओली यहाँका व्यवसायी र कलाकारसँगको भेटवार्तापछि आजै स्वदेश फर्कनुहुनेछ । भ्रमणका बारेमा दुई देशबीच जारी हुने संयुक्त प्रेस विज्ञप्तिका विषयमा भने औपचारिक जानकारी दिइएको छैन ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता