
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार मुम्बइस्थित औद्योगिक क्षेत्रमा रहेको हिन्दूस्थान युनिलिभर लिमिटेडमा । तस्बिर ः प्रकाश सिलवाल, मुम्बई, रासस
मुम्बई (भारत), १२ फागुन । भारतको छ दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुम्बइस्थित औद्योगिक पार्कमा रहेको हिन्दूस्तान युनिलिभर लिमिटेडमा पुगी त्यस कम्पनीको उत्पादन र विश्वव्यापी बजार सञ्जालबारे जानकारी लिनुभयो ।
उपभोक्ताका लागि दैनिक जीवनमा आवश्यक सामग्रीको उत्पादन गरी विश्वका अन्य मुलुकमा पनि निर्यात गर्दै आएको सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मेहताले त्यहाँको कार्यसञ्जालबारे अवगत गराउनुभएको थियो ।
युनिलिभर नेपालका अध्यक्ष प्रदीप बनर्जी र नेपालका उद्यमी रविभक्त श्रेष्ठले सो कम्पनीलाई नेपालमा लगानी बढाउने सम्भावनाबारे अवगत गराउनुभएको थियो । सो कम्पनी भारतकै ठूला कम्पनीमध्ये एक मानिन्छ ।
नेपाली प्रमण्डलले नेपालमा विशेष आर्थिक क्षेत्रको स्थापना, लचिलो श्रम कानुन र लगानीको सुरक्षाको वातावरण भएकाले नेपालमा लगानी बढाउन र कतिपय उत्पादन नेपालमा गरेर भारत निर्यातको व्यवस्थाका लागि सहकार्यको प्रस्ताव गरेको थियो ।
प्रधानमन्त्रीकासाथ अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, मुख्य सचिव डा सोमलाल सुवेदी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी राधेश पन्त तथा अन्य नेपाली व्यवसायीलगायत हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओली यहाँका व्यवसायी र कलाकारसँगको भेटवार्तापछि आजै स्वदेश फर्कनुहुनेछ । भ्रमणका बारेमा दुई देशबीच जारी हुने संयुक्त प्रेस विज्ञप्तिका विषयमा भने औपचारिक जानकारी दिइएको छैन ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?