
काठमाडौँ, ११ फागुन । उच्च माध्यमिक शिक्षा परिषद्ले उच्च माध्यमिक तहमा अक्षराङ्क पद्धति (लेटर ग्रेडिङ्) लागू गर्ने निर्णय गरेको छ ।
आगामी शैक्षिक वर्षदेखि कक्षा ११ र १२ का विद्यार्थीको परीक्षा अक्षराङ्क पद्धतिबाट हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
राष्ट्रिय पाठ्यक्रम प्रारुप तथा मूल्याङ्कन परिषद्को यही मङ्सिर २३ गतेको बैठकले गरेको निर्णयअनुसार प्रवेशिका परीक्षाका साथै उच्च माध्यमिक तह र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले समेत अक्षराङ्क पद्धति लागू गर्ने नीति अनुरुप उक्त पद्धति लागू गर्न लागेको हो ।
परिषद्का उपाध्यक्ष चैतन्य शर्माले उच्चमावि तहमा पनि अक्षराङ्क पद्धति लागू गर्ने नीतिगत निर्णय भएको जानकारी दिनुभयो ।
यसैगरी आगामी शैक्षिक वर्षदेखि नै उच्चमावि तहमा दूर खुल्ला शिक्षा पद्धति लागू गर्न यसको व्यवहारिक, अन्तरवस्तु र कार्यविधि तयार गर्न शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरिएको छ ।
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते