
गुजरातमा सम्बोधन ः भारतको गुजरात प्रान्तको भुज सहरमा भूकम्पपछिको पुनः निर्माण गरिएको सामुदायिक केन्द्रमा आयोजित स्वागत समारोहमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ः प्रकाश सिलवाल, रासस, गुजरात
गुजरात, भारत, ११ फागुन । स्थानीय भुजवासीले आत्मीय र भव्य स्वागत गरेपछि राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पनि सायद भावुक हुनुभयो । उहाँलाई स्वागत गर्न भूकम्पपछि पुनःस्थापना गरी पुनःनिर्मित एक सामुदायिक भवनमा खचाखच मानिसको उपस्थितिमा उहाँले गुजरातको स्वागतलाई असाधारण भन्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईपटक मुख्यमन्त्री भएको सो प्रदेशमा ओली हिँड्ने बाटाका दुवैतिर दुई देशका झन्डासहित स्थानीय उभिएका थिए भने सडकका खम्बा र भित्तामा दुई प्रधानमन्त्रीका तस्बिर र स्वागतका तुल टाँगिएका थिए । स्वागतको संस्कार पनि नेपालीको जस्तै देखिन्थ्यो । प्रधानमन्त्री ओलीले आफू त्यो प्यार र मित्रताको ऋणी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– “मैले शान्तिदूत बुद्धको सन्देश, पशुपतिको प्रसाद र आशीर्वाद लिएर आएको छु, तपाईंहरुको सफल र प्रेरक पुनःनिर्माण कार्यबाट प्रभावित भएको छु, तपाईंहरुको भलो होस्, हाम्रो मित्रता गाढा होस् ।”
ओलीले दुई देशबीचको मित्रता कसैले बनाइदिएको नभएर आफैँ बनेकाले यसलाई कसैले बिगार्न पनि सक्दैन भन्नुभयो । आफ्नो भ्रमणबाट केही समययताको तिक्ततासमेत हटेको उहाँले स्पष्ट गर्नुभयो ।
यसैबीच, प्रधानमन्त्री ओली र भ्रमण दलका सदस्यको सम्मानमा आज साँझ मुम्बईका गभर्नर सी विद्यासागर राओले रात्रिभोजको आयोजना गर्नुभयो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता