काठमाडौँ, ३ फागुन । दोस्रो ‘फेडेरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन अफ स्पोर्टस् (एफआइसिटीएस)’ यही फागुन १९ र २० गते हुने भएको छ ।
नेपाल स्पोर्टस् फाउन्डेसनको आयोजनामा राजधानीमा हुने खेलकुद चलचित्र महोत्सव–२०१६ मा चार स्वदेशी र तीन विदेशी चलचित्र प्रदर्शन गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सव अन्तर्गत नेपालसहित चार देशका खेलकुदलाई प्राथमिकतामा राखेर बनेका चलचित्र दुई दिनसम्म देखाइने छ जसमा नेपाली निर्देशक विजय गजमेरको ‘आकाश’, टिएस ठकुरी र जनक नेपालको ‘प्लेयर्स सिटी’, श्रीहरि श्रेष्ठ र आनन्दकृष्ण श्रेष्ठको ‘एन्जेल अफ रिभर प्याराडाइस’ र ‘रिसर्च फर कमन ग्राउन्ड नेपाल’ले निर्माण गरेको ‘पावर अफ बल’ छन् ।
त्यस्तै भारतीय निर्देशक विक्रम भुरोगाहिनको ‘किकिङ फ्रम द कर्नर’, बेलायती निर्देशक साम कोल्लिनको ‘डेथ अफ जेन्टलम्यान’ तथा रुसकी सोफिया गेवेइलेरको ‘स्प्रिट इन मोसन’ नामका चलचित्र हुनेछन् ।
महोत्सवमा खेलकुद र शान्ति, खेलकुद र पर्यटन, खेलकुद र चलचित्र, नेपालमा खेलकुदको विकास लगाया विषयमा अन्तक्र्रिया समेत गरिने छ । फाउन्डेसनका अध्यक्ष सूर्य थपलियाले खेलकुद मार्फत पर्यटन र पर्यटन मार्फत खेलकुदको विकास गर्दै समग्र देशमा खेलकुद पर्यटनको विकास र विस्तार गर्ने आफूहरूको उद्देश्य रहेको बताए ।
नेपाल इन्डिपेन्डेन्ट फिल्ममेकर्स सोसाइटीका अध्यक्ष अनुप सुवेदीले देशको खेलकुद क्षेत्रको अभिवृद्धिका लागि यस्ता महोत्सव आयोजना गर्न पछि नपर्ने बताए ।
रिसर्च फर कमन ग्राउन्डका कार्यक्रम निर्देशक युवाकर राजकर्णिकार लगायतले देशको खेलकुद विकासमा योगदान पुरयाउन सो विषयमा बढीभन्दा बढी चलचित्र तथा वृत्तचित्र निर्माण हुनुपर्नेमा जोड दिए ।
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित