
काठमाडौँ, २७ माघ । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्ने भएको छ ।
भारतको गुहावटीमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ बङ्गलादेशको सामना गर्न लागेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । भुटान र बङ्गलादेशबीचको खेल १, १ गोलको बराबरीमा टुङ्गिएपछि नेपालले सेमिफाइनलको यात्रा एक खेल अगावै तय गरेको हो ।
त्यस्तै नेपालले बङ्गलादेशलाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनका यात्रा तय गर्नेछ भने हार बेहोरेमा समूहको उपविजेताका रुपमा सेमिफाइनमा प्रवेश गर्नेछ ।
त्यसैगरी सागअन्तर्गत महिला फुटलब प्रतियोगितामा नेपाली महिला टोलीले भोलि आयोजक भारतको सामना गर्नेछ । यसअघि दुई खेल खेलेको नेपालले दुई खेलमा नै जित हासिल गरिसकेको छ ।
नेपाली महिला टोलीले बङ्गलादेशलाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो । जारी प्रतियोगितामा नेपालले अपराजित रहँदै ६ अङ्क जोडेको छ ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित