
साउदी अरब, २३ माघ । साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि यहाँ क्रियाशील नेपाली सङ्घ संंस्थाले खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
काम गरेको तलब नदिएपछि साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदारहरु भोकभोकै बस्नु परेको समाचार राष्टिय समाचार समिति (रासस)ले प्रकाशन गरेपछि साउदीमा क्रियाशील नेपाली सङ्घ संस्थाले तत्कालको राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
साउदीमा क्रियाशील नेपाली संस्था लालीगुराँस युवा परिवारले शुक्रबार दमाममा रहेको उक्त कम्पनीको क्याम्पमै पुगेर खाद्यान्न सामग्री प्रदान गरेको हो । संस्थाले ८० किलो चामल, १७ किलो दाल, १० किलो आलु, १० किलो प्याज, ६ लिटर तेललगायत खाद्यान्न सामग्री सहयोग गरेको हो । विदेशी भूमिमा बिचल्लीमा परेका नेपाली भोकभोकै बस्न नपरोस् भन्ने उद्धे्रश्यले थोरै मात्रामा भए पनि खाद्यान्न सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष टीकाराम रसाईलीले बताउनुभयो ।
यस्तै साउदीमै क्रियाशील अर्को नेपाली संस्था तमु धि नेपालले पनि पीडित नेपालीका लागि खाद्यान्न सामग्री प्रदान गरेको छ । संस्थाले पीडित नेपालीका लागि क्याम्पमै पुगेर ४० किलो चामल, १० किलो मासु, ५ किलो दाल, १० किलो प्याज, नुन, तेल, तरकारी, पेय पदार्थलगायत खाद्यान्न सामग्री प्रदान गरेको संस्थाका उपाध्यक्ष तथा लोकगायक तिलक गुरुङले जानकारी दिनुभयो ।
तलब नपाएर सयौँ नेपालीहरु भोकभोकै बस्नुपरेको अवस्थामा यसरी खाद्यान्न सामग्री सहयोग पाउँदा आफूहरुलाई ठूलो राहत मिलेको स्याङजाका जीवन पौडेलले बताउनुभयो ।
चार महिनादेखिको काम गरेको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत ३०० नेपाली बिचल्लीमा परेका हुन् ।
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड