
काठमाडौँ, २२ माघ । उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।
बङ्गलादेशको मिरपुरस्थित शेर बङ्गला राष्ट्रिय रङ्गशालामा आज भएको क्वाटरफाइनल खेलमा नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सपना भने चकनाचुर भएको छ ।
सोह्र वर्षको लामो समयपछि क्वाटरफाइनलमा पुगेको नेपालको अघिल्लो चरणमा पुग्ने सपना यसपटक पनि तुहिएको छ । यसअघि सन् २००० मा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यतिबेला क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २११ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको बङ्गलादेशले नेपालको चुनौतीलाई १० बल बाँकी छँदै पूरा ग¥यो । बङ्गलादेशले खेलको ४८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदैँ नेपालको चुनौतीलाई पूरा गरेको हो जितसँगै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
बङ्गलादेशको ब्याट्सम्यान जाकिर हसनले सर्वाधिक ७५ रनको योगदान दिए । ७७ बल खेलेका जाकिरले पाँच चौका र एक छक्काको सहयोगमा ७५ रन जोडेका हुन् ।
त्यस्तै, मेहेदिय हसन मिराजले ५५, जोयराज शेक ३८, पिनक घोष ३२, नजमल हुसेन सान्टो ८ तथा सैफ सहनले ५ रन जोडे ।
सुरुवाती ब्याट्स्म्यानलाई गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई कप्तान राजु रिजाल र आरिफ शेखले केही उकासेतापनि त्यसले प्रतियोगितामा सुखद सुरुवात भने गर्न सकेन । प्रतियोगितामा रिजाल र शेख दुबै मिलेर चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।
प्रतियोगितामा कप्तान रिजालले ७२ रनको योगदान दिएका थिए । ८० बल खेलेका उनले आठ चौका र एक छक्काको मद्दतमा ७२ रन जोडे । त्यस्तै, सुनिल धमला २५, शेखले २१, कुशल भुर्तेल १४, सन्दिप सुनार ७ तथा योगेन्द्र सिंह कार्कीले १ रन जोडेका थिए ।
त्यसैगरी, बलिङ तर्फ भने नेपालका सुनिल धमलाले दुई विकेट तथा सन्दिप लामिछानेले एक विकेट लिए । अर्को विकेट भने सुशील कँडेलले रन आउट गरेका थिए ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन