
बेइजिङ, २० माघ । उत्तर कोरियाले गर्ने भनेको रकेट परीक्षणको योजनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको समाचार छ ।
चीनले बुधबार सो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ । उत्तर कोरियाले यस्तो रकेट अन्तरिक्षमा नै पठाउने योजना बनाएको बताइएको थियो ।
चीनको विदेशमन्त्रालयका प्रवक्ता लु काङ्कले नियमित पत्रकार भेटघाटका क्रममा बेइजिङ्मा भन्नुभयो–हामी उत्तर कोरियाको यो योजनाप्रति गम्भीर छौँ ।
उहाँले सो पत्रकार सम्मेलनका क्रममा भन्नुभयो– उत्तर कोरियाले कसैलाई असर नपर्नेगरी यस्ता परीक्षण गर्न पाउने अधिकार भएपनि अन्तरिक्षमा कुनै प्रकारको असुरक्षा उत्पन्न गर्न पाइदैन ।
उत्तर कोरियाले अन्तरिक्षको शान्तिपूर्ण प्रयोग गर्न पाउने अधिकार भएपनि यसको दुरुपयोग गर्न नपाउने र यसरी गरिएको दुरुपयोग संयुक्त राष्ट्रसंघीय शान्तिसम्बन्धी प्रस्तावको विरुद्ध भएको पनि उहाँले बताउनुभयो ।
गत महिनामात्र हाइड्रोजन बमको परीक्षण गरेको उत्तर कोरियाले हालैमात्र अन्तरिक्षमा नै रकेट परिक्षण गर्ने धम्की दिँदै आएको छ ।
उत्तरको यो धम्कीको विश्वकै नेताहरुले विरोध गरिरहेका बेला चीनले पनि यसको विरोध गरेको समाचारमा जनाइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने