काठमाडौँ, १९ माघ । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको क्यार्टरफाइनलमा अब नेपालको भिडन्त आयोजक टोली बङ्गलादेशसँग हुने पक्का भएको छ ।आज भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले नामिबियालाई ८ विकेटले पराजित गर्दै उसले नेपालसँगको भेट पक्का गरेको हो ।
जितसँगै सबै खेलमा स्पष्ट जित निकालेको बङ्गलादेश समूह ‘ए’को विजेता बनेको छ भने हार भएपनि नामिबिया उपविजेता भएको छ ।
यता, न्युजिल्यान्ड र आयरल्यान्डलाई पराजित गरेको नेपाल समूह ‘डी’को उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको हो । त्यस्तै, नेपालसहित समूह चरणका तीन वटै टोलीलाई हराएर समूह विजेता बनेको भारतको भेट नामिबियासँग हुनेछ ।
नेपाल र बङ्गलादेशबीचको क्वार्टरफाइनल खेल आगामी माघ २२ गते बङ्गलादेशको मीरपुरमा हुनेछ ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन