
काठमाडौँ, १७ माघ । करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ ।
बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले सोमबार विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । विश्व कपमा सन् २००० मा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यति बेला क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।
त्यस्तै प्रतियोगितामा नेपाल र भारत दुवै टोली एक खेल अगावै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । जारी प्रतियोगितामा दुवै टोलीले अपराजित रहँदै क्वाटर फाइनलको यात्रा तय गरेका हुन् । अब दुवै टोलीले समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
‘समूह डी’मा रहेको नेपाल ४ अङ्कका साथ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा तथा समान ४ अङ्क नै जोडेको भारत लिगको शीर्ष स्थानमा छन् । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवै खेलमा जित हासिल गरेको छ ।
नेपालले पहिलो खेलमा न्युजिल्यान्ड जस्तो बलियो टोलीलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रो आयरल्यान्डविरुद्धको खेलमा आठ विकेटको जित हासिल गरयो । त्यस्तै भारतले पनि पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो । चार टोली सम्मिलित ‘समूह डी’मा न्युजिल्यान्ड र आयरल्यान्ड प्रतियोगितबाट बाहिरिसकेका छन् ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त