
काठमाडौँ, १७ माघ । करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ ।
बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले सोमबार विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । विश्व कपमा सन् २००० मा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यति बेला क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।
त्यस्तै प्रतियोगितामा नेपाल र भारत दुवै टोली एक खेल अगावै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । जारी प्रतियोगितामा दुवै टोलीले अपराजित रहँदै क्वाटर फाइनलको यात्रा तय गरेका हुन् । अब दुवै टोलीले समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
‘समूह डी’मा रहेको नेपाल ४ अङ्कका साथ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा तथा समान ४ अङ्क नै जोडेको भारत लिगको शीर्ष स्थानमा छन् । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवै खेलमा जित हासिल गरेको छ ।
नेपालले पहिलो खेलमा न्युजिल्यान्ड जस्तो बलियो टोलीलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रो आयरल्यान्डविरुद्धको खेलमा आठ विकेटको जित हासिल गरयो । त्यस्तै भारतले पनि पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो । चार टोली सम्मिलित ‘समूह डी’मा न्युजिल्यान्ड र आयरल्यान्ड प्रतियोगितबाट बाहिरिसकेका छन् ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक