काठमाडौँ, १६ माघ । उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै दोस्रो जित निकालेसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बङ्गलादेशस्थित फतुल्लाह रङ्गशालामा आज भएको खेलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले हराएपछि दोस्रो चरणको सम्भावना बलियो बनेको हो । टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा आएको नेपालले २५.३ ओभरमै मात्र २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
नेपालका लागि योगेन्द्रसिंह कार्कीले अविजित ६१ तथा अर्का अविजित आरिफ शेखले ३१ रन बनाएपछि जित सुनिश्चित बनेको थियो । ओपनर सन्दीप सुनार पहिलो बलमै ० रनमा आउट भएपछि दबाबमा परेको नेपाललाई योगेन्द्र र आरिफले उकासेका हुन् । अर्का ओपनर सुनिल धमलाले २८ रनको योगदान गरेका थिए ।
यसअघि आयरल्यान्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले दुई तथा सुनिल र सुशील कँडेलले १, १ विकेट झारे । नेपाली धारिलो बलरसामु आयरल्यान्डका ब्याट्सम्यान निरीह थिए ।
आयरल्यान्डले ३८.५ ओभरमै ८ विकेट गुमाएर ९२ रन मात्र बनाएको थियो । त्यसपछि आयरल्यान्ड केही सम्हालिएको थियो । उसका लागि फिचरा तुकेरले अविजित ३०, ज्याक टेक्टोरले २७ तथा एडम डेनिन्सनले २१ रन जोडेका थिए भने अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
आजको खेल जिते नेपालको क्वाटरफाइनलमा पुग्ने सम्भावना हुनेछ । पहिलो खेलमा नेपालले बलियो मानिएको न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । समूह डी मा रहेको नेपालले आफ्नो अन्तिम खेल यही माघ १८ गते भारतसँग खेल्नेछ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त