
सान फ्रान्सिस्को, १३ माघ । प्रसिद्ध विद्युतीय सामान उत्पादनक कम्पनी एप्पलले आफ्नो आइफोन सन् २००७ मा उत्पादन भएदेखि राम्रो बजार लिइरहेकोमा पछिल्लो समयमा यसको बिक्रीमा कमी देखिएको जनाएको छ ।
आइफोन बजारमा आएदेखि नै यसको बिक्री उच्च थियो ।
पछिल्लो समयमा आइफोन बिक्रीमा देखिएको मन्दिका अलावा यस कम्पनीको त्रैमासिक नाफा अघिल्लो वर्षको तुलनामा दुई प्रतिशतले बढी रहेको कम्पनी स्रोतले जनाएको छ ।
सन् २०१५ को डिसेम्बर २६ मा सकिएको पछिल्लो तीन महिनाको हिसाव अनुसार एप्पलले आफ्ना सामान बिक्रीबाट दुई प्रतिशत अर्थात् १८.४ अर्व अमेरिकी डलर नाफा गरेको हो ।
यसैबगरी, कम्पनीले ७५.९ अर्व अमेरिकी डलर राजस्व जम्मा गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा थप दुई प्रतिशत राजस्वका लागि योगदान पुरयाएको बताएको छ ।
एप्पलले सन् २०१५ को अक्टुबर, नोभेम्बर र डिसेम्बरमा सात करोड ४८ लाख आइफोन बिक्री गरेको थियो ।
सो अवधिमा सात करोड ४५ लाख आइफोन बिक्री भएको एप्पलले बताएको छ । आइफोनको अघिल्ला वर्षहरुमा हुने गरेको बिक्री वृद्धि प्रतिशतको तुलनामा यो वर्षको बिक्री वृद्धि प्रतिशत कमी भएको कम्पनीले जनाएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त