आर्मस्टडम (नेदरल्यान्ड), ११ माघ । इस्लामिक स्टेट (आईएस) समूहसँग प्रायः विश्वका सबै राष्ट्रमा आक्रमण गर्नसक्ने शक्ति भएको युरोपोलले सोमबार बताएको छ ।
अझै पनि आफ्ना हमलालाई युरोपविरुद्ध बढी लक्षित गरेको ईयू प्रहरीले जनाएको छ ।
युरोपोलका प्रहरी प्रमुख रब वाइन राइटका अनुसार आईएसले पछिल्लो समयमा नयाँ शैलीको युद्धकला विकसित गरेको र एकै पटक ठूलो आतङ्कवादी हमला गर्ने शक्ति निर्माण गरेको छ ।
सञ्चारमाध्यमसँगको कुराकानीमा आईएसको पछिल्लो योजना युरोप लक्षित आक्रमणका लागि रहँदै आएको उहाँले बताउनुभयो ।
सन् २०१५ र यस वर्षको सुरुदेखि नै आईएसले आफ्ना गतिविधिलाई युरोपमा थप सशक्त पार्दै आएको छ ।
पेरिसमा सन् २०१५ को नोभेम्बर १३ मा गरेको आक्रमणबाट १२९ जनाको मृत्यु हुनाका साथै यो सङ्ख्याको दोब्बरभन्दा बढी घाइते भएका थिए ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन