डेनमार्क । नेपाली समाज डेनमार्कले भूकम्पबाट क्षतिग्रस्त विद्यालय निर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । सिन्धुपाल्चोकस्थित क्षतिग्रस्त स्कुल भवन निर्माणका लागि १० देखि १३ लाख रुपैयांसम्म खर्च गरिने समाजले जनाएको छ । विद्यालय निर्माण कार्य चैतबाट शुरु हुनेछ । यस कार्यका लागि नेपाली कम्युनिटी डेनमार्कका अध्यक्ष इन्द्र सापकोटा र सचिव माया सुवेदीको व्यस्तता बढेको छ ।
उनीहरुले यस योजनामा सहयोग गर्ने नेपाली दूतावास एवं युरोप र बेलायतमा रहेका समस्त नेपालीमा आभार व्यक्त गरेका छन् । स्कुलको नक्सा डिजाइन समेत आफूले गरेको जनाउंदै अध्यक्ष सापकोटाले आगामी दिनमा पनि सामाजिक काममा लाग्ने प्रण गरे ।
यसअघि नेपाली समाज डेनमार्कले भूकम्प लगत्तै ५ लाख रुपैयां नगद सहित लत्ता कपडा र अन्य अत्यावश्यक वस्तुहरु प्रदान गरेको थियो ।
समाजले नेपालका लोकप्रिय गायक सुगम पोखरेल, राजेश पायल राई, वुद्धि तामाङ्गलगायतलाई झिकाएर च्यारिटी यूरोप टुर गराइसकेको छ ।
यसैबीच, समाजले आगामी महिना फेब्रुअरीमा फेरि सांगीतिक कार्यक्रम गर्ने तयारी गरेको छ । उक्त कार्यक्रममा कलाकारहरु मेघ लामा, रेश्मा सुनुवार, भरत सिटौला आदिको प्रस्तुति रहने कार्यक्रम संयोजक माया सुवेदीले जनाइन् ।
उता, नेपाली कम्युनिटी डेनमार्ककै आयोजनामा २०१६ को समर तिर महानायक राजेश हमाल, गायक हिमाल सगर, हांस्य अभिनेता जितु नेपाल सहितको टोलीले युरोप र बेलायत भ्रमण गर्ने योजना छ । उक्त भ्रमणमा बेलायत र युरोप गरि १८ भन्दा बढि स्थानमा कार्यक्रम हुने आयोजकले जनाएका छन् ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा