लन्डन । लन्डनमा स्थापित व्यवसायिक परामर्शदाता कम्पनी केन्वीट्स तेश्रो वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा हालै एक कार्यक्रम आयोजना गरियो ।
कार्यक्रमका अवसरमा कन्सल्टेन्सीका निर्देशक केशव पुडासैनीले व्यवसायिक जीवनमा परामर्शसेवाको महत्व र आवश्यकताबारे प्रकाश पार्दै विश्व बजारको आर्थिक केन्द्र बेलायत जस्ता स्थानमा परम्परा र पुरानै खालका व्यापार कलाले धेरै नेपाली र अन्य मुलुकका व्यक्तिगत तथा साझेदारी व्यापार व्यवसाय गर्नेहरु असफल भइरहेको बताए । उनले सानो पंूजी र बेलायती कानुनको अल्पज्ञान एवं व्यवसायिक सल्लाह लिन नसक्दा असफलता झेल्नुपरेको समेत उल्लेख गरे ।
स्वास्थ्य क्षेत्रमा संलग्न सफल व्यवसायी बीपी खनालले व्यवसाय गर्ने रणनीति र सही परामर्श नलिई लगानी गर्नु पैसा र समयको बर्वाद मात्र हुने जनाउंदै नेपाली माझ परामर्श लिने विषयमा खासै ध्यान नदिइएको बताए । आधुनिक विश्व व्यापारको सञ्जालमा परामर्श विनाको व्यापार दीर्घकालिन र सफल नभएको खनालको बुझाइ छ । उनले लेखा तथ वित्तीय, मानव संसाधन, व्यापार बजारीकरण, मोर्गेज आदि क्षेत्रमा परामर्श अत्यावश्यक रहेको समेत बताए ।
कार्यक्रममा बेलायतमा केही वर्ष यता मोर्गेज व्यवसायसंग सम्बन्धि परामर्श सेवा प्रदान गर्दै आएको एक्सेस् फाइनान्सियल सर्भिसेस्का इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दलार्मीले परामर्श दिने कार्य आफैंमा जटिल रहेको धारणा राख्दै समय समयमा सावधानीपूर्वक परामर्श नलिई सञ्चालन भएका व्यवसायहरु केहि वर्षभित्रै बन्द भएका कयौं उदाहरण आफूसंग भएको बताए ।
कार्यक्रममा आर.के. मार्केटिंगका राजकुमार चौलागाई, एम्विसन कन्सल्टेन्सीका हेमराज पाण्डे, एल.जे.पी. प्रमोशनका लक्ष्मण पाण्डे, शिक्षावीद डा. मीन रानाभाट, बीबीसी सेवा बेलायतका क्यालुम, व्लड डोनर्स एसोसिएसन यूकेका अध्यक्ष एभरेष्ट गौतम, स्वास्थ्यसेवीका संगीता ढकाल, समाजसेवीहरु पूर्ण लक्सम, हरिभक्त न्यौपाने, एनआर एनए यूके अर्जुन कटुवाल, चार्टर्ड अकाउन्टेन्ड प्रकाश गौतम, महिला उद्यमी विमला पाण्डे, नेपलिज कन्सल्टेन्सीका रुद्र अधिकारी, सिएनबी लिंकका तमु गुरुंग, युवा समाजसेवी रविन श्रेष्ठ, समाजसेवी फडिन्द्र पाण्डे, चार्टर्ड अकाउन्टेन्ड आनन्दराज श्रेष्ठ, बि.आर.आर. कन्सल्टेन्सीका विनोद आचार्य, रोनी क्रिस्टिन, युवा उद्यमी नरेश शर्मा, रिटेल सञ्चालक एडरिक बुक, श्रीमती हेलन रेस लगायतले सफलताको शुभकामना दिएका थिए ।
उक्त कम्पनीले व्यवसाय सञ्चालन गर्नुपूर्व अपनाउनुपर्ने कानुनी प्रावधान, स्थान छनोट, कम्पनी दर्ता, व्यापार व्यवसाय विस्तार, कर्मचारी भर्ना छनोट एवं बेलायतमा लेखा एवं कर, कम्पनी हाउस आदिसंग सम्बन्धित विषयहरुमा सेवा पुरयाउंदै आएको छ । कम्पनीले सही परामर्शको अभावमा केही वर्षभित्रै व्यवसाय बन्द गरी लगानी तथा प्रतिफल प्राप्त गर्न नसकेका युवा उद्यमीहरुलाई परामर्शको सेवा दिंदै आएको दावी गरेको छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’