लन्डन । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा यहांबाट व्यवसायीहरुको एक प्रतिनिधिमण्डल नेपाल जाने भएको छ । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले आगामी मार्च दोश्रो साता उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डल नेपाल लैजान लागेको हो ।
उक्त प्रतिनिधिमण्डलले १४ मार्च देखि सरकारी अधिकारीसहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री, लगानी बोर्ड, डिएफआइडी, बेलायती दूतावास प्रतिनिधि साथै अन्य निजी क्षेत्रसंग छलफल गर्ने अपेक्षा छ । सो क्रममा बेलायती र नेपाली व्यवासायीहरुबीच अनुभव आदानप्रदान एवं लगानीका सम्भाव्यताबारे छलफल हुने बीएनसीसीले जनाएको छ । प्रतिनिधिमण्डलले बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई शताव्दीका अवसरमा काठमाण्डौंमा हुने विभिन्न कार्यक्रममा समेत भाग लिने जनाइएको छ ।
बीएनसीसी अध्यक्ष एवं ब्रिटिश कलेज काठमाण्डौंका सिइओ राजन कंडेलले नेपालमा लगानीका लागि कहिल्यै पनि समय प्रतिकुल नभएको बताए । उनले नेपालमा लगानी गर्न चाहनेलाई विना प्रतिष्पर्धा धेरै अवसर भएको समेत दावी गरे । तर, नेपाल सरकारले विदेशी उद्योगी व्यापारीहरुलाई प्रोत्साहित गर्नुपर्नेमा उनको जोड छ ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त