
साउदी अरब, ४ माघ । साउदी अरबस्थित एक कम्पनीमा बन्दी सरह जीवन बिताइरहेका नेपाली कामदारको उद्धारका लागि पहल थालिएको छ ।
रियादमा रहेको नेपाली दूतावासले मोहम्मद अलमोजिल ग्रुप कम्पनी (एमएमजी) मा बन्धक बनाइएका ५० नेपाली कामदारको उद्धार गर्न पहल थालेको हो । ती नेपाली कामदारलाई उद्धार गरी स्वदेश फिर्तीका लागि प्रक्रिया अघि बढाइएको साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिए ।
पटक–पटक आग्रह गर्दा पनि रोजगारदाता कम्पनीले अटेर गरेपछि पूर्वी क्षेत्रीय डेपुटी गर्भनर डा खालिद मोहम्मद अल बतल र श्रम कार्यालयका महानिर्देशक ओमर बिन साले अलअम्रीसँग भेटवार्ता गरी नेपाली कामदारको उद्धारका लागि पहल गरिएको शर्माले बताए ।
पूर्वी क्षेत्रीय डेपुटी गर्भनर र श्रम कार्यालयका महानिर्देशकको निर्देशन पछि रोजगारदाताले नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउन सहमत भएको हो ।
शर्माका अनुसार २१ नेपालीलाई स्वदेश फिर्तीका लागि भिसा प्रक्रिया अगाडि बढिसकेको छ । जसमध्ये नौ जनाको यही हप्ताभित्रै स्वदेश फर्कने व्यवस्था मिलाइएको र बाँकी १२ को अर्को लटमा व्यवस्था गरिएको दूतावासले जनाएको छ । तीन जना नेपालीलाई भने यसअघि नै उद्धार गरी स्वदेश पठाई सकिएको छ । नेपाल फर्कन नचाहेका बाँकी कामदारलाई भने अन्य कम्पनीमा सर्ने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।
रोजगारदाता कम्पनीले यहाँको आवास अनुमतिपत्र (अकमा) नवीकरण नगरिदिँदा ती नेपाली कामदार एक वर्षदेखि बन्दी सरह जीवन बिताउन बाध्य भएका थिए ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ