लन्डन । किरात याक्थुङ चुम्लुङको कोल्चेस्टर शाखा गठन भएको छ । गत १६ जनवरी २०१६ शनिवार भिमकुमार नियोङको अध्यक्षतामा समिति गठन भएको हो । उक्त अवसरमा केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष दिलसिङ मेन्याङबो र पिपिसी संयोजक चित्रराज लिम्बुको उपस्थिति थियो ।
पूर्व क्षेत्रीय प्रतिनिधि घन लिम्बु र डम्बर हुक्पा चोङबाङको पहलमा गठन गरिएको शाखा समितिमा अध्यक्ष भिमकुमार नियोङ, उपाध्यक्ष देउमान माङदेन, सचिव सोमप्रसाद हुक्पा चोङबाङ, सहसचिव कविता वनेम, कोषाध्यक्ष अमर कुरुम्वाङ र सदस्यहरुमा देवीराज लिम्बु र विष्णु माया लिम्बु चुनिएका छन् ।
चयन भएका सम्पूर्ण पदाधिकारीलाई पिपिसी संयोजक चित्रराज लिम्बुले कार्यकाल सफलताका लागि बधाई र पूर्व क्षेत्रीय प्रतिनिधिहरुलाई धन्यवाद दिए । केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिलसिङले सम्पूर्ण नव नियुक्त पदाधिकारीहरुलाई खादा ओढाई शपथ ग्रहण गराएका थिए ।
घन लिम्बुले सञ्चालन गरेको उक्त कार्यक्रममा डम्बर हुक्पा चोङवाङले खाना व्यवस्था गरेका थिए । अन्त्यमा कक्फेक्वा तङनामको रमझम सहित कार्यक्रम राती १० बजे समापन भएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?