लन्डन । किरात याक्थुङ चुम्लुङको कोल्चेस्टर शाखा गठन भएको छ । गत १६ जनवरी २०१६ शनिवार भिमकुमार नियोङको अध्यक्षतामा समिति गठन भएको हो । उक्त अवसरमा केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष दिलसिङ मेन्याङबो र पिपिसी संयोजक चित्रराज लिम्बुको उपस्थिति थियो ।
पूर्व क्षेत्रीय प्रतिनिधि घन लिम्बु र डम्बर हुक्पा चोङबाङको पहलमा गठन गरिएको शाखा समितिमा अध्यक्ष भिमकुमार नियोङ, उपाध्यक्ष देउमान माङदेन, सचिव सोमप्रसाद हुक्पा चोङबाङ, सहसचिव कविता वनेम, कोषाध्यक्ष अमर कुरुम्वाङ र सदस्यहरुमा देवीराज लिम्बु र विष्णु माया लिम्बु चुनिएका छन् ।
चयन भएका सम्पूर्ण पदाधिकारीलाई पिपिसी संयोजक चित्रराज लिम्बुले कार्यकाल सफलताका लागि बधाई र पूर्व क्षेत्रीय प्रतिनिधिहरुलाई धन्यवाद दिए । केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिलसिङले सम्पूर्ण नव नियुक्त पदाधिकारीहरुलाई खादा ओढाई शपथ ग्रहण गराएका थिए ।
घन लिम्बुले सञ्चालन गरेको उक्त कार्यक्रममा डम्बर हुक्पा चोङवाङले खाना व्यवस्था गरेका थिए । अन्त्यमा कक्फेक्वा तङनामको रमझम सहित कार्यक्रम राती १० बजे समापन भएको थियो ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’