तेहरान (इरान), ३ माघ । इरानका राष्ट्रपति हसन रौहानीले संयुक्त राज्य अमेरिका र युरोपेली युनियन (ईयू) ले इरानले बताउँदै आएको तथा भण्डारण गरिराखेको देखाउँदै लामो समयदेखि इरानमाथि लगाउँदै आएको प्रतिबन्धहरु फुकुवा गरेको आइतबार बताउनुभएको छ ।
राष्ट्रसङ्घीय आणविक निकायले इरानले विश्व शक्ति राष्ट्रहरुको पहलमा सन् २०१५ जुलाई १४ मा भएको परमाणु हतियार बनाउन रोक्ने सम्झौताको परिपालना गरेको पुष्टि गरेपछि इरानमाथिको प्रतिबन्ध हटाइएको हो ।
प्रतिबन्धको फुकुवापछि इरानी सङ्घसंस्था तथा व्यक्तिहरुको खर्बौ डलर बराबरको सम्पत्ति फुकुवा हुने र इरानी तेल अन्तराष्ट्रिय बजारमा बिक्री गर्ने बाटो खुलेको छ ।
राष्ट्रपति रौहानीको आईआरएनए न्युज एजेन्सीमार्फत् आइतबार सार्वजनिक वक्तव्यमा भनिएको छ, हामीले विश्वसँगको सम्बन्धको नयाँ अध्याय सुरु गरेका छौँ । यो उपलब्धि प्रतिष्ठित र विजयका लागि सहयोगी भूमिका निर्वाह गर्ने सबैमाथि इरान आभारी रहने छ ।
आजको युग प्रतिबन्धबाट विकासका काममा परिवर्तन हुने युग हो । मेहनत, लगानी र आबश्यक परिवर्तनद्वारा सबै इरानीले मौकामा आफ्नो भूमिका निर्वाह गर्नु जरुरी छ, रौहानीले भन्नुभयो ।
यसअघि शनिबार अन्तरराष्ट्रिय आणविक शक्ति निकाय (आईएसए)को तर्फबाट आईएईएका महानिर्देशक युकिया अमानोले एक प्रतिवेदन प्रस्तुत गर्दै इरानले आणविक सम्झौताबमोजिम सम्पूर्ण आणविक कानुनको परिपालना गरेको पुष्टि गर्नुभएको थियो ।
इरानले आणविक कार्यक्रमबारे थप पारदर्शी बन्ने बचनबद्धता जनाउँदै यसका लागि संयुक्त राष्ट्रसङ्घीय नियमनकर्ता निकायलाई तेहरानको आणविक योजनाको अनुगमन गर्न आग्रह गरेको छ ।
इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफ र ईयू विदेश मामिला प्रमुख फेडेरिका मोघेरिनीले शनिबार जनवरी १६ लाई जुलाई १४ मा गरिएको आणविक सम्झौता सम्बन्धमा परिपालना भएको दिन भनी संयुक्तरुपमा घोषणा गर्नुभएको थियो ।
यसैबीच, अमेरिकी राष्ट्रपति बाराक ओबामाले शनिबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै इरानमाथि आणविक कार्यक्रमका कारण लगाइएका सबै प्रतिबन्धको फुकुवा गर्नुभएको छ ।
राष्ट्रपति ओबामाले इरानको आणविक हतियारसम्बन्धी मापदण्ड पूरा गरेको आईएइएले पुष्टि गरेको र यसले इरानको आणविक वातावरण नयाँ तथा महत्वपूर्ण विकासको फड्को तिर उद्धत बनेको बताउनुभयो ।
यसको प्रतिक्रियास्वरुप रिपब्लिकन नेताले एक वक्तव्य जारी गर्दै इरानमाथिको प्रतिबन्ध फुकुवापछि करिब एक सय अर्ब फुकुवा हुने र यसलाई इरानले आतङ्कवादलाई प्रश्रय दिने कार्यक्रममा खर्चिने बताएका छन् ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ