लन्डन । साउथ इष्ट लन्डनस्थित फर्वार्ड एकेडेमिक टिम लि. ले गोर्खाहरुको घना वस्ती रहेको फोकस्टनमा पनि डेन्टल नर्सिङ कक्षा सञ्चालन गर्ने भएको छ । बेलायतभर अंगेजी भाषा शिक्षण तथा परीक्षा उपलब्ध गराइरहेको उक्त टिमले गोर्खाहरुकै आग्रहमा कक्षा सञ्चालन गर्न लागिएको दावी गरेको छ ।
कोर्स पठनपाठन ब्रिटिश गोर्खा आर्मी क्याम्प भित्रकै कम्युनिटी हलमा गरि विद्यार्थीहरुलाई प्राक्टिकलका लागि फोकस्टनकै डेन्टल प्राक्टिसहरुमा पठाइने कम्पनीको भनाइ छ ।
सैद्धान्तिक र व्यवहारिक गरि एक वर्षमै कोर्स सकिने र बजारमा यसको बढ्ढो स्कोपका कारण कोर्स अत्यन्त लोकप्रिय भइरहेको फर्वार्ड एकेडेमिक टिमकी निर्देशक संगीता मरहट्टाले बताइन् ।
फर्वार्डको लन्डनमा यसअघि नै डेन्टल कक्षा चालु छ । लन्डनको सफल कोर्सका कारण बेलायतका विभिन्न ठाउंबाट कक्षा सञ्चालनका लागि अनुरोध आइरहेको जनाउंदै छिट्टै स्कटल्याण्ड, आयरल्याण्ड र लन्डनका अन्य शहरमा पनि क्रमशः कक्षा शुरु गरिने टिमले जनाएको छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’