लन्डन । साउथ इष्ट लन्डनस्थित फर्वार्ड एकेडेमिक टिम लि. ले गोर्खाहरुको घना वस्ती रहेको फोकस्टनमा पनि डेन्टल नर्सिङ कक्षा सञ्चालन गर्ने भएको छ । बेलायतभर अंगेजी भाषा शिक्षण तथा परीक्षा उपलब्ध गराइरहेको उक्त टिमले गोर्खाहरुकै आग्रहमा कक्षा सञ्चालन गर्न लागिएको दावी गरेको छ ।
कोर्स पठनपाठन ब्रिटिश गोर्खा आर्मी क्याम्प भित्रकै कम्युनिटी हलमा गरि विद्यार्थीहरुलाई प्राक्टिकलका लागि फोकस्टनकै डेन्टल प्राक्टिसहरुमा पठाइने कम्पनीको भनाइ छ ।
सैद्धान्तिक र व्यवहारिक गरि एक वर्षमै कोर्स सकिने र बजारमा यसको बढ्ढो स्कोपका कारण कोर्स अत्यन्त लोकप्रिय भइरहेको फर्वार्ड एकेडेमिक टिमकी निर्देशक संगीता मरहट्टाले बताइन् ।
फर्वार्डको लन्डनमा यसअघि नै डेन्टल कक्षा चालु छ । लन्डनको सफल कोर्सका कारण बेलायतका विभिन्न ठाउंबाट कक्षा सञ्चालनका लागि अनुरोध आइरहेको जनाउंदै छिट्टै स्कटल्याण्ड, आयरल्याण्ड र लन्डनका अन्य शहरमा पनि क्रमशः कक्षा शुरु गरिने टिमले जनाएको छ ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह