लन्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपाल भ्रमण गराउन यहांको नेपाली समुदायले बुझाउने निमन्त्रणा पत्र तयार भएको छ । १५ जनवरीका दिन बुझाइने पत्रमा बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा क्यामरुनलाई सन् २०१६ भित्रै नेपाल भ्रमण गरिदिन विशेष निमन्त्रणा दिइएको छ ।
बेलायतसंग कुटनीतिक सम्वन्ध गांस्ने नेपाल दक्षिण एसियामै पहिलो मुलुक भएको उल्लेख गर्दै पत्रमा हालसम्म बेलायती रानीसहित राजपरिवारबाट बारम्बार नेपाल भ्रमण गरिएपनि बेलायती प्रधानमन्त्रीको भ्रमण नहुनु दुःखद भनिएको छ ।
बेलायतस्थित नेपाली डायष्पोराका तर्फबाट प्रदान गरिने उक्त निम्तो पत्रमा नेपाल भ्रमण गर्नुपर्ने प्रमुख कारण ४ बुंदामा उल्लेख गरिएको छ । गोर्खाहरुले २ सय वर्ष देखि बेलायती साम्राज्यका लागि लडिरहेका स्मरण गर्दै पत्रमा रानी ऐलिजावेथको गद्दी आरोहणका अवसरमा सर एडमण्ड हिलारीले विश्वकै अग्लो शिखर सगरमाथामा बेलायती झण्डा फहराएको जनाइएको छ ।
नेपाल दुई आर्थिक सम्पन्न देशहरु भारत र चीनको बीचमा अवस्थित भएको उल्लेख गर्दै क्यामरुनलाई बेलायतले नेपालबाट धेरै लाभ लिन सक्ने स्मरण गराइएको छ ।
पत्रको अन्तिममा हिमालहरुको देश नेपालमा क्यामरुनलाई स्वागत गर्न नेपाल र नेपाली जनता आतुर रहेको उल्लेख छ ।
बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन व्यवसायी राजाराम गिरीले संयोजन गरेका हुन् ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह