लन्डन । नेपलिज क्याटरर्स एसोसिएसन यूकेले टेष्ट अफ नेपाल नामक पुस्तक प्रकाशन गर्ने भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा एसोसिएसनले उक्त पुस्तक प्रकाशनको तयारी गरेको हो ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा प्रकाशन हुन लागेको उक्त पुस्तक एउटा दस्तावेजका रुपमा रहने एसोसिएसन अध्यक्ष विजय थापाले जनाए । पुस्तकमा बेलायतमा नेपाली रेष्टुरेन्टको इतिहास, अहिले ब्रिटिशको समेत रोजाइमा रहेको चिकेन टिक्का मसला चिनाउने सेफको कथा, नेपाली सेफहरुको प्रोफाइल, बेलायतका विभिन्न शहरमा नेपालको चिनारी दिइरहेका रेष्टुरेन्टको जानकारी, रिसिपी आदिबारे समेट्ने योजना बनाइएको छ ।
पुस्तक प्रकाशनका लागि एसोसिएसन अध्यक्ष विजय थापाको संयोजकत्वमा सदस्यहरु सूर्य गुरुङ, कुल आचार्य, ओजेश सिंह र रोशन सापकोटा सदस्यहरु रहेको एक आर्थिक समिति समेत बनाइएको छ । समिति आवद्ध सबै व्यवसायी बेलायतमा सफल रेष्टुरेन्ट व्यवसायी मानिन्छन् ।
एसोसिएसनले बेलायतस्थित सदस्य रेष्टुरेन्टहरु र नेपाली समुदायलाई लेख, जानकारी, विज्ञापन वा अन्य दुर्लभ तस्विरहरु भए उपलव्ध गराएर सहयोग गर्न अपिल समेत गरेको छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय