लन्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको नेपाल भ्रमण गराउन यहांको नेपाली समुदायले बेग्लै पहल शुरु गरेको छ ।
बेलायत नेपाल कुटनीतिक सम्वन्धको दुई सय औं वर्ष गांठ मनाइरहंदा बेलायती प्रधानमन्त्रीको हालसम्म नेपाल भ्रमण नहुनु दुर्भाग्यपूर्ण भएको निष्कर्षसहित नेपाली डायष्पोराले पहल थालेको हो ।
यसअघि नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बेलायत आएका बेला क्यामरुन समक्ष औपचारिक निम्तो दिइसकेपनि जनस्तरबाट बेग्लै पहल शुरु गरिने जानकारी सोमबार एक छलफलमा दिइयो ।
लन्डनमा नेपाली संघसंस्थाका प्रतिनिधिहरुबीचको छलफलले क्यामरुनलाई यसै साता एक औपचारिक पत्र समेत हस्तान्तरण गर्ने निधो गरेको छ ।
छलफलमा उपस्थित बेलायती सांसद तथा नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष वीरेन्द्र शर्माले पनि क्यामरुनलाई छिट्टै औपचारिक पत्र लेख्ने आश्वासन दिएका छन् ।
भ्रमण गराउन अभियान संयोजन गरिरहेका पर्यटन व्यवसायी राजाराम गिरीले दुई देशबीचको सम्वन्ध थप प्रगाढ बनाउन बेलायती प्रधानमन्त्रीको भ्रमण फलदायी हुने उल्लेख गर्दै जनस्तरको दवावले बेग्लै प्रभाव पर्ने भएर आफूहरु अघि सरेको बताए ।
सोलिसिटर राजु थापाले बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन सके त्यसबाट दुई देशबीचको सम्वन्ध मात्र नभई नेपालको सामाजिक तथा आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने धारणा राखेका थिए ।
स्मरण रहोस्, बेलायती राजकुमार ह्यारीले आउंदो वसन्त ऋतुमा नेपालको औपचारिक भ्रमण गर्ने जानकारी दरबारले गत सातामात्र दिएको समाचार इकान्तिपुरमा छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन