लन्डन । लन्डनमा २९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले पुस २७ कै दिन सोमबार लन्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्ट सभाहलमा कार्यक्रम गरेको हो ।
कार्यक्रमका वक्ताहरुले नेपाल विखण्डनको खतरातिर उन्मुख भएको दावी गर्दै यस्तो परिस्थितिमा नेपाल एकीकरणका निर्माता पृथ्वी नारायण शाहको दिव्योपदेश झन् सान्दर्भिक हुने टिप्पणी गरे । कतिपय वक्ताले पृथ्वी नारायणलाई अहिले युद्ध अपराधका रुपमा चित्रण गर्न खोजिएको भन्दै पृथ्वी जयन्ती सरकारले पुनः मनाउनुपर्नेमा जोड दिए ।
संगठनका अध्यक्ष भरत रोका क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओविइ) ले पृथ्वी नारायण शाह साम्राज्यवादी भइदिएको भए उनले नेपाल नभई गोर्खा राज्य नामाकरण गर्ने धारणा राखे ।
अर्का वक्ता नेप्लिज हार्ट फाउन्डेशन, बेलायतका अध्यक्ष एवं गोर्खा जिल्लावासी वुद्धिजिवी विकलचन्द्र आचार्यले पृथ्वी नारायण शाहको ऐतिहासिक योगदानको चर्चा गर्दै उनले भौगोलिक मात्र नगरि सांस्कृतिक एकीकरण समेत गरेको स्मरण गरे ।
लन्डनमा पृथ्वी जयन्ती मनाउने अभियान शुरु गर्ने मध्ये एक अभियन्ता नारायण अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा रमेश लामाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा कोसेलीका संस्थापक अध्यक्ष मदन थापा र वसन्त राय क्षेत्रीले मंगल धुन प्रस्तुत गरेपछि राष्ट्र निर्माताको तस्विरमा माल्यार्पण गरिएको थियो ।
त्यसपछि राष्ट्रिय गानसंगै शुरु कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, प्रवासी नेपाली समाज बेलायतका अध्यक्ष रोशन सापकोटा, यती नेपलिज एसोसिएसन यूके अध्यक्ष उमेशराज मोक्तान, क्षेत्री समाज यूकेका पूर्व अध्यक्ष भिम बानिया, नेपाली साहित्य विकास परिषद बेलायतका अध्यक्ष सुरेशजंग शाह, पूर्व प्रहरी परिवार मञ्च बेलायत अध्यक्ष वाचस्पति रेग्मी, नेपलिज ब्लड डोनर्स एसोसिएसन यूके अध्यक्ष एभरेष्ट गौतम, क्याप्टेन रणध्वज राना, वुद्धिजिवीहरु हेमन्त पौडेल, महेश रेग्मी, शंकर दाहाल लगायतले पनि पृथ्वी नारायण शाहको योगदानको चर्चा गरेका थिए । उक्त अवसरमा चेतमान केसी, सुरेशजंग शाह र हरिसिंह थापाले पृथ्वी जयन्ती सम्वन्धि कविता वाचन गरे ।
संगठनले राजतन्त्रको अवसानपछि पनि विभिन्न आलोचना खेपेर वि.स. २०६७ साल यता लन्डनमा निरन्तर पृथ्वी जयन्ती मनाइरहेको छ । उसले पहिलो वर्ष नै पूर्व प्रधानसेनापति रुक्मांगत कटवाललाई प्रमुख अतिथी बनाएको थियो । यस जयन्तीलाई पुनः सरकारी मान्यता नै दिलाउन आवश्यक रहेकोमा संगठनको जोड छ ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ