फान्ब्रो । ग्रेटर रशमूर नेपाली कम्युनिटीले नेपाली नयाँवर्ष २०७३ भव्यताका साथ मनाउने तयारी गरेको छ।
कम्युनिटीकाे १० जनवरीमा बसेको संस्थाको नियमित त्रैमासिक बैठकले अागामी अप्रिल ८ तारिखका दिन अल्डरसटकाे एम्पायर हाउसमा नेपाली नयाँ वर्षकाे कार्यक्रम मनाउने निर्णय गरेको हाे ।नेपालबाट कलाकार ल्याइ गरिन लागेकाे साे कार्यक्रमका दिन अन्य कार्यक्रम नजुधाउन पनि कम्युनिटीले अन्य संघ संस्थालाई अनुराेध गरेकाे छ ।बैठकमा नेपाली नयाँ वर्षको पूर्व तयारी, विगतकाे समीक्षा भावी क्रियाकलापका बारेमा समेत छलफल भएकाे थियो।छलफलमा आगामी मार्च महिनामा मनाउने नारी दिवस, नेपाली कक्षा संचालन र आगामी अक्टाेवरमा आयोजना गरिने १० किलोमिटर फन रनको विषयमा पनि थिए ।
संस्थाका अध्यक्ष ओम थापाको अध्यक्षता एवं महासचिव रन्जिता मल्लद्वारा संचालित उक्त बैठकमा कार्यसमितिका सबैजसो सदस्यहरु, सल्लाहाकारहरुको उल्लेख्य सहभागिता रहेको थियो भने नयाँ युवाका अध्यक्ष निलम राई र उपाध्यक्ष मिना पुनको समेत सहभागिता रहेको थियो।जीव बेल्बासे
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार