फान्ब्रो । ग्रेटर रशमूर नेपाली कम्युनिटीले नेपाली नयाँवर्ष २०७३ भव्यताका साथ मनाउने तयारी गरेको छ।
कम्युनिटीकाे १० जनवरीमा बसेको संस्थाको नियमित त्रैमासिक बैठकले अागामी अप्रिल ८ तारिखका दिन अल्डरसटकाे एम्पायर हाउसमा नेपाली नयाँ वर्षकाे कार्यक्रम मनाउने निर्णय गरेको हाे ।नेपालबाट कलाकार ल्याइ गरिन लागेकाे साे कार्यक्रमका दिन अन्य कार्यक्रम नजुधाउन पनि कम्युनिटीले अन्य संघ संस्थालाई अनुराेध गरेकाे छ ।बैठकमा नेपाली नयाँ वर्षको पूर्व तयारी, विगतकाे समीक्षा भावी क्रियाकलापका बारेमा समेत छलफल भएकाे थियो।छलफलमा आगामी मार्च महिनामा मनाउने नारी दिवस, नेपाली कक्षा संचालन र आगामी अक्टाेवरमा आयोजना गरिने १० किलोमिटर फन रनको विषयमा पनि थिए ।
संस्थाका अध्यक्ष ओम थापाको अध्यक्षता एवं महासचिव रन्जिता मल्लद्वारा संचालित उक्त बैठकमा कार्यसमितिका सबैजसो सदस्यहरु, सल्लाहाकारहरुको उल्लेख्य सहभागिता रहेको थियो भने नयाँ युवाका अध्यक्ष निलम राई र उपाध्यक्ष मिना पुनको समेत सहभागिता रहेको थियो।जीव बेल्बासे
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय