लण्डन । मगरहरुको राष्ट्रिय चाड माघेसंक्रान्ति युकेभरि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
मगर संघ युकेका विभिन्न शाखाहरुको आयोजनामा युकेभरि कार्यक्रम गरिँदैछन् ।
मगर संघ, युनाइटेड ह्याम्पसायर, सर्रे, वर्कसायर शाखाले आयोजना गरेको कार्यक्रममा पितृपूजा गरी तथा तरुल लगायतका परिकार खुलाई मनाइएको थियो । ओमप्रसाद थापा, ओम बुराथोकी, सूर्य थापा, भविश्वर राना लगायतले सामूहिक पितृपूजा गरेका थिए ।
शाखाका अध्यक्ष क्याप्टेन रिटायर्ड ताम ढेँगाको अध्यक्षता र सचिव नरेश थापाको संचालनमा भएको कार्यक्रममा मगर संघ युुकेका वरिष्ठ उपाध्यक्ष राजेन रानाले युकेका मगरबन्धुहरुको सहयोगमा मगर भवन, मगर विद्यार्थीहरुहरुका लागि अक्षयकोष स्थापना भएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा मगर संघ युकेका पूर्व अध्यक्ष मेजर रिटायर्ड कुल थापा, पूर्व अध्यक्ष थर्क राना लगायतको उपस्थिति रहेको थियो । शाखाका पूर्व अध्यक्ष लेफ्टिनेण्ट रिटायर्ड सुनिल रानाले सो क्षेत्रका जीसिएसइ र उ लेबलमा उत्कृष्ट विद्याथीहरुलाई परिचय र सम्मान गराएका थिए ।
कार्यक्रममा नेपालबाट आएका गायक श्रीराम थापा र कल्पना गुरुङले दोहोरी प्रस्तुत गरेका थिए भने क्याप्टेन रिटायर्ड वीरबहादुर गाहा, तुलचन्द्र तिलिजा, भीम आलेले गीत गाएका थिए । साँस्कृतिक कार्यक्रमको संयोजन लक्षु राना र तुलसी रानाले गरेका थिए ।
कार्यक्रममका उपसंयोजक रिसिराम रानाको समूहले कार्यक्रमको प्राविधिक पक्ष व्यवस्थापन गरेको थियो भने महिला समितिकी अध्यक्ष पदम थापा र सचिव धना रोकाको समूहले आगन्तुकहरुलाई स्वागत र खानाको व्यवस्थापन गरेको थियो ।
कार्यक्रममा प्रथम नौमती बाजा गुल्मीले नौमती बाजाको रौनक प्रस्तुत गरेको थियो ।
सो कार्यक्रममा बितेको वर्षमा सो क्षेत्रमा दिवंगत भएका मगरहरुको सम्झनामा एक मिनेट मौनधारण पनि गरिएको थियो ।
यसैगरी सोही दिन वेल्समा पनि माघेसंक्रान्ति कार्यक्रम सम्पन्न भएको छ । मगर संघ वेल्सको आयोजनामा भएको कार्यक्रममा मगर संघ युकेका उपाध्यक्ष नेम थापा सहभागी भएका थिए कार्यक्रममा गायक मनसुधन थापा लगायतले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
यस्तैगरी, प्लमस्टिड, केन्ट, वेम्व्ली, हाउन्स्लो, रेडिङ र क्याटरिकमा आगामी शनिबार माघेसंक्रान्ति कार्यक्रम हुँदैछन ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]