लण्डन । साउथ लण्डन नेपलिज गोरखा एसोसिएसनले अंग्रेजी नयाँ वर्ष, ल्होसार, माघेसंक्रान्ति र क्रिसमसको अवसरमा संयुक्त कार्यक्रम आयोजना गरेको छ ।
मोर्डनस्थिन सेन्ट लरेन्स हलमा शनिबार आयोजित कार्यक्रममा वक्ताहरुले क्रिसमस, ल्होसार र माघेसंक्रान्तिको महत्वका बारेमा जानकारी गराएका थिए ।
एसोसिएसनका अध्यक्ष नुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा रोजर विलियम्सले क्रिसमसका बारेमा, क्याप्टेन देवबहादुर गुरुङले ल्होसारका बारेमा र खुमबहादुर कन्वारले माघेसंक्रान्तिका बारेमा बोलेका थिए ।
कार्यक्रममा सहभागीहरु आ–आफ्नो मौलिक भेषभूषामा उपस्थित भएका थिए । उनीहरुमध्ये पुरुषतर्फ र महिलातर्फ उत्कृष्ट पहिरन लगाउनेहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
युवापुस्तालाई मौलिक पहिरन लगाउन प्रेरित गर्न सो प्रतिस्पर्धा राखिएको आयोजकले बताए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम