लन्डन । पारिवारिक पृष्ठभूमिले लाहुरे पत्नी हुन् उनी । उनको बाबा पनि अवकासप्राप्त ब्रिटिश लाहुरे । तर, नयां वर्ष २०१६ संगै यासिकाको
अर्को चिनारी थपिएको छ मोडलका रुपमा । यासिका लिम्बुले अभिनय गरेको म्यूजिक भिडियो नयां वर्षकै दिन सार्वजनिक भएको छ ।
इन्टेक १९९३ एल्बमको पहिलो गीत हिजो आज…मा यासिकाले अभिनय गरेकी हुन् । यासिकालाई साथ दिएका छन् पुरुष मोडल मितेश गुरुङले ।
नेपालमा कयौं म्यूजिक भिडियो निर्देशन र अभिनय समेत गरेका सुल्तान इडिङ्गोको निर्देशन, छायांकन र सम्पादन रहेको उक्त भिडियो बेलायतको आसफोर्ड केन्टस्थित भिक्टोरिया पार्क वरपर र इन्डोर छायांकन गरिएको हो ।
नर्सिङ होमकी जागिरे यासिका आसफोर्ड केन्टमा सपरिवार बस्छिन् । उनलाई सानै देखि नृत्य, अभिनयमा रुची थियो । म्यूजिक भिडियो खेल्ने रहर अहिले पुरा हुंदा उनी दंग छिन् । भिडियोलाई धेरै दर्शकले रुचाइदिएको उनले बताइन् ।
यासिकाले अभिनय गरेको म्यूजिक भिडियोको उक्त गीतका गायक, रचनाकार र संगीतकार हुन् मान तवेवुङ लिम्बु । मान पनि बढि नै आशावादी छन् ।म्यूजिक एरेन्जर छन् चन्दु गोर्खाली ।
डेढ दशकदेखि बेलायत बस्दै आएकी यासिका राम्रो अवसर पाए भविष्यमा पनि म्यूजिक भिडियो र सिनेमातिर अभिनय गर्ने सुरसारमा छिन् ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह