
लन्डन । साउथइष्ट लन्डनको ऊलवीचमा अब हरेक शुक्रबार बारमान्डू क्लव सञ्चालन हुने भएको छ । हिजो ८ जनवरी शुक्रबार एक भव्य
समारोहपछि बारमान्डू सञ्चालन भएको हो ।
उक्त क्लव शुक्रबार सांझ ६ देखि शनिबार बिहान २ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
विशेषगरि तन्नेरी युवा युवती लगायत पार्टीमा रमाउन चाहने नेपाली र अन्य विदेशीहरुलाई लक्षित गरि क्लव सञ्चालन गरिएको सञ्चालकले जनाएका छन् ।
बारमान्डू युवा व्यवसायी गणेशजंग थापा र बीरेन्द्र नेपालले सञ्चालन गरेका हुन् । बारमान्डूमा विवाह पार्टी, बर्थ डे पार्टी लगायत अन्य विभिन्न प्रकारका कार्यक्रमका लागि हल मात्र पनि बुक गर्न सकिने सञ्चालकले जनाए ।
क्लव साउथ इष्ट लन्डनको ऊलवीच ट्रेन स्टेशन अगाडि अवस्थित भवनमा रहेकाले पार्टी जानेहरुका लागि यातायात सुविधा छ ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह