लन्डन । बोल्टन विश्वविद्यालयमा सामाजिक स्वास्थ सम्बन्धी विषयमा विद्यावारिधि गरिरहेका माधव रेग्मीले नेपालमा अपाङ एक परिवारलाई करिव ३२ पाउण्ड सहयोग गरेका छन् । पांचथर इम्बुङ–७ कोल्बुङका एकै परिवारका चार सन्तान अपाङ भएपछि खेप्नुपरेको पीडा विभिन्न सञ्चारमाध्यममा आएपछि रेग्मीले सहयोग स्वरुप तामाङ परिवारका लागि
५ हजार १ सय ८० रुपैयां प्रदान गरेका हुन् ।
हाल प्रचलित विनिमय दर अनुसार ३२ पाउण्डको एकसय ६० रुपैयांका दरले ५ हजार रुपैयां हुन आउंछ । दामासाहीले बांड्दा एकजनाले ८ पाउण्ड पाएका छन् ।
नेपाल पत्रकार महासंघ, पांचथरका अध्यक्ष लवदेव ढुंगानाले इम्बुङ ७ का हर्कवीर तामाङका साहिंला छोरा महेन्द्रलाई उक्त रकम प्रदान गरेका हुन् ।
पोलियो रोगका कारण हर्कवीरका चार सन्तान अहिले अपाङ जीवन बिताइरहेका छन् । चारै जना अहिले दिशा पिसाव पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा ओछ्यान परेका समाचारमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन