लण्डन । जनवरी १ का दिन बेलायतका छन्त्यालहरूले उनीहरुको महान चाड म्हिलाङे सोङ्ती तथा छार-म्हेङ बिशेष महत्वका साथ मनाएका छन् ।
छन्त्याल संघ युकेकाे अायाेजनामा साे चाड मनाउने बेलायतवासी छन्त्यालहरु आश्फोर्ड शहरको हर्थफिल्ड भिलेज हलमा भेला भएका थिए ।
कार्यक्रमको सुरुवात नेपालको राष्ट्रिय गीत र आदिबासी जनजाति गीतको साथमा बेलायत छन्त्याल संघका अध्यक्ष लगायत बेलायतमा अस्तित्वमा रहेका छन्त्याल जातिको १२ थरका १२ जना विशेष ब्यक्तिबाट दिप प्रज्ज्वलन गर्दै छन्त्याल जातिका विशेष परिकार तरुल, सेलरोटी, मासुका परिकार लगायत पेय पदार्थ (रक्सी) सहित पितृ पूजा गरी छार-म्हेङ अर्थात छन्त्याल जातिको नयाँ वर्षलाई औपचारिकरूपमा स्वागत गरिएको थियो ।
सर्बमान्य दिल बहादुर घरब्जा छन्त्यालको फोटो राखेर दिप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा कोषाध्यक्ष कप्रसाद झिंराजा छन्त्याल, संस्कृति सचिब नरसिङ घरब्जा छन्त्याल र सदस्य क्या. रुद्र छन्त्यालले सुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम महासचिव मुकेन घरब्जा छन्त्यालको सन्चालन, उपाध्यक्ष हेम घरब्जा छन्त्यालको स्वागत र संघका अध्यक्ष झक घरब्जा छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सुभकामना मन्तब्यको क्रममा वक्ताहरुले बेलायतबासी हामी छन्त्यालहरुले संघलाई ब्यक्तिगत स्वार्थ र बैमनस्यताको लागि प्रयोग गर्ने ठाउँ होइन आफनो समुदायको पहिचानलाई संरक्षण, सम्बर्धन गर्ने, दुख सुखमा हातेमालो गर्ने र जातिको हकहितको लागि काम गर्ने एउटा चौतारोको रुपमा सम्झिदिनको लागि पनि सबैमा हार्दिक अनुरोध गरेका थिए ।
कार्यक्रममा जातिय पहिरनमा सजिएका छन्त्यालहरुको जमघटले हलभित्रको रौनक र वातावरणले नेपालकै झल्को दिएको देखिन्थ्यो । सात समुन्द्र पारी रहेतापनि छन्त्याल जातिको इतिहास, पहिचान, संस्कार, संस्कृति र भेषभुषाप्रतिको मायामोह उत्तिकै जिवन्त भेटिन्थ्यो ।
यस वर्ष हङकङ र यूरोपका देशहरुबाट पनि छन्त्यालहरु बेलायतमा म्हिलाङे सोङ्ती तथा छार-म्हेङ मनाउन आएका थिए ।
साे चाड मनाउन बेल्जियम र हङकङदेखि बेलायत आएका अतिथिहरुलाई संघले खादा र फूलले विशेष सम्मान गरेको थियो । यस्तै केही महिना अगाडि बेलायतको नागरिकता हात पार्न सफल हुनुभएको रिद्द बुढाथोकी छन्त्याललाई संघले खादाले बधाई दिएको थियो र शिक्षा क्षेत्रका अग्रणी डा. लक्ष्मी घरब्जा छन्त्याललाई खादा र कदरपत्रले सम्मान गरेको थियो ।
संघका संस्कृति सचिव नर्सिङ घरब्जा छन्त्यालको परम्परागत लालै (खेली भाका) गीतको प्रस्तुतिले उपस्थित सबैलाई रमाइलो बनाएको थियो । साथमा खानपिनको स्वादमा युवायुवती र बालबालिकाहरुको विभिन्न नेपाली गीत र नृत्यहरुले भरपूर मनोरन्जन थपिएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार