लण्डन । मगरहरुको राष्ट्रिय चाड मनाउन बेलायतका मगरहरु लागि परेका छन् ।
यसैक्रममा रसमुर, बर्कसायर, ह्याम्पसायर, सर्रे क्षेत्रमा बसोबास गर्ने मगरहरुले सामुयल कोडी स्पोर्टस् सेन्टर, फार्नब्रोमा माघेसंक्रान्ति मनाउने भएका छन् ।
आगामी शनिबार (जनवरी ९) माआयोजना हुने सो कार्यक्रममा मगरहरुले पुख्र्यौलीदेखि मान्दै आएको पितृ पूजा गरिने पूजा संयोजक ओमप्रसाद थापामगरले जानकारी दिए ।
आफ्ना दिवंगत पितृहरुलाई सम्झेर पूजा गरेपछि खिचडी, कन्दमुल, फलफूल प्रसाद, नैवेद्य चढाउन सकिने पनि थापाले बताए । बेलायतको ब्यस्तताको बाबजूद भक्तजनहरूले चढाएकाे फूलप्रसाद पुजारीले भाेलिपल्ट बिहानै नजिककाे नदीमा गएर सामूहिक पूजा गरी चढाउने तथा विसर्जन गर्ने गर्दछन् ।
मगर संघ युनाइटेड सर्रे, ह्याम्पसायर, वर्कसायर समितिको आयोजनामा हुने सो कार्यक्रममा पितृ पूजाका साथमा नौमती बाजा बजाएर शुभसाइत गरिने, प्रसादग्रहण, शुभकामना आदानप्रदान, उल्लेखनीय कार्य गर्नेलाई सम्मान र साँस्कृतिक कार्यक्रम पनि समावेश छन् ।
कार्यक्रममा भाग लिन आयोजकले सबैलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन