आन्दोलनको बेग कमहुँदै गएसँगै अस्तव्यस्त बनेको जनजीवन सामान्य बन्दै गएको छ । धनुषाको सदरमुकाम जनकपुरदेखि महोत्तरीको सदरमुकाम जलेश्वर, सर्लाहीको सदरमुकाम मलङ्गवालगायत मध्य तराईका जिल्लाका सदरमुकाम र ग्रामीण भेगमा विस्तारै शान्तिपूर्ण माहौल बन्दै गएको देखिन्छ । सर्वसाधारणको आन्दोलन रोकिएर शान्तिपूर्ण दैनिकी बिताउने चाहना र आशा बढेको छ ।
सवारी साधन चल्नेक्रम बढ्दो छ । तर सार्वजनिक यातायात र ढुवानीका ठूला सवारी साधन भने अझै सञ्चालनमा आएका छैनन् । यातायातबाहेक अन्य क्षेत्रमा आन्दोलनको असर कम हुँदै गएको छ । केही दिनदेखि सीमा नाकामा धर्नाकारी जुट्न छाडेपछि बजारमा सामानको आयात पनि बढेको स्थानीय व्यापारीहरुले बताएका छन् ।
नेपाल–भारत सीमा क्षेत्रको जनकपुर–जटही, जलेश्वर–भिट्ठामोड– मधवापुर र सम्सीको मुख्य नाकामा मोर्चाका केही कार्यकर्ता धर्ना बस्नुबाहेक ठूला विरोधका कार्यक्रम चलेका छैनन् ।
सामानको मूल्यमा देखिएको अनियन्त्रित बढोत्तरी पनि विस्तारै कम हुँदै गएको स्थानीयवासीको भनाइ छ ।
नयाँ संविधान र सीमाङ्कनको विरोधमा मधेसी दलहरुले गत साउन ३० गतेदेखि अनिश्चितकालीन बन्द हड्ताललगायत आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
सद्भावना पार्टीका धनुषा अध्यक्ष सञ्जय सिंहले मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला सरकार तथा केही अपराधी चरित्रका व्यक्तिले आन्दोलन तुहाउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यस्ता तत्वले मोर्चाको आन्दोलनलाई बदनाम गर्न विभिन्न चलखेल गरिरहेको बताउनुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार