लन्डन । एनआरएनए आयरल्याण्डले लन्डन दूतावासमार्फत भूकम्प पीडितलाई थप आर्थिक सहयोग गरेको छ । एनआरएनए आयरल्याण्ड सल्लाहकारहरुले सोमबार दिउसो लन्डनस्थित नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई १५ सय युरो हस्तान्तरण गरेका हुन् । उक्त रकम दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइनेछ । आर्थिक सहयोग बुझेपछि कार्यवहाक राजदूत क्षेत्रीले एनआरएनए आयरल्याण्डप्रति आभार व्यक्त गरेका छन् ।
रकम हस्तान्तरणका लागि एनआरएनए आयरल्याण्डका तीन सल्लाहकार एवं पूर्व अध्यक्षहरु गणेश प्रसाईं, शुक्रराज न्यौपाने र नवराज कोइराला दूतावास पुगेका थिए । उनीहरुको साथमा एनआरएनए युरोप संयोजक कुल आचार्य, दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोल पनि सहभागी थिए ।
यसअघि एनआरएनए आयरल्याण्डले भूकम्प लगत्तै एनआरएनए आइसीसी मार्फत करिब २९ लाख रुपैयां प्रदान गरेको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम