
लन्डन । तीन समूहमा विभाजित नेपाली जनसम्पर्क समिति बेलायतको एउटा घटकले आइतबार अल्डरसटमा एक कार्यक्रमबीच राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।
युरोपस्थित नेपाली जनसम्पर्क समितिहरुका सभापति लगायत पदाधिकारीहरुको सहभागितामा आयोजित कार्यक्रम बेलायत समितिका सभापति लोक गुरुङको अध्यक्षतामा भएको हो ।
प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र विशेष अतिथी दिल गुरुङ एवं बेलायत सभापति लोक गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरि राष्ट्रिय धुनबाट कार्यक्रम उद्घाटन गरिएको थियो ।
महामन्त्री राजकुमार त्रिपाठी र शिव तिमिल्सिनाले सञ्चालन गरेको औपचारिक कार्यक्रममा समितिका प्रवक्ता प्रवेश केसीले स्वागत मन्तव्य दिए ।
कार्यक्रममा जनसम्पर्क समिति युरोपका सभापति दिल गुरुङ, जनसम्पर्क समिति बेल्जियमका संस्थापक सभापति धुब्रराज पौडेल, नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति सन्तोष जोशी,सल्लाहकार महिला नेत्री सिता सापकोटा, सल्लाहकार गोविन्द सुवेदी, पोर्चुगल जनसम्पर्क समितिका संस्थापक सभापति पूर्ण हमाल, जनसम्पर्क समिति नेदरल्याण्डका संस्थापक सदस्य हरि पौडेल, आयरल्याण्डका सभापति शुक्रराज न्यौपाने, कमिटिका सदस्य नवराज कोइराला र गणेश प्रसाईं, जनसम्पर्क समिति जर्मनीका कोषाध्यक्ष विनय गुरुङ, डेनमार्कबाट सोम सापकोटा, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी लगभग सबै वक्ता थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि कार्यवहाक राजदूत क्षेत्री, जनसम्पर्क समिति युरोप संयोजक दिल गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए युरोप संयोजक कुल आचार्य, तस्विर लामा, डा. मिन रानाभाट, सूर्य तामाङ, संघीय समाजवादी पार्टीका प्रतिनिधि कमल गुरुङ, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, रोशन सापकोटा, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्मा, एनआरएनए आइसीसी सदस्य योगेन क्षेत्री, जनसम्पर्क समितिका सल्लाहकार शिवजी श्रेष्ठ, सुनसरी तरुण दलका अध्यक्ष सिजन गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
वक्ताहरुले आगामी फागुनमा हुने कांग्रेसको १३ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समितिबाट यूरोपबाट एक जना केन्द्रीय सदस्य राख्न आग्रह गरेका थिए । कार्यक्रममा यूरोपका विभिन्न देशबाट भेला भएका प्रतिनिधिहरुले पार्टीलाई आगामी महाधिवेशनमा युरोपबाट पनि केन्द्रीय सदस्य रहने प्रावधान बनाउन आग्रह गरेका हुन् ।
राजनेता वी पी कोइरालासहितका नेताहरु छिमेकी राष्ट्र भारतको निर्वासित जीवनपछि वि.स. २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली कांग्रेस र यसका भ्रातृ संगठनहरुले मेलमिलाप दिवस मनाउने गर्दछन् ।
तस्विरहरुः नरेन्द्र बस्नेत
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन