लन्डन । बेलायत भ्रमणका सिलसिलामा एनआरएनए अध्यक्ष शेष घलेले भूपू गोर्खाहरुसंग साक्षात्कार गरेका छन् ।
गैर आवासीय नेपाली संघ, बेलायतले शनिवार रेडिङमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा घलेले भूपू गोर्खाहरुसंग तिनका समस्या बुझेर समाधानमा पहल गर्ने आश्वासन दिएका छन् । उनले सचिवालय स्थापना भएको झण्डै पन्ध्र वर्ष भइसकेको अवस्थामा आफू पनि नेपाल सरकार र राजनैतिक दलका नेताहरुसंग नियमित सम्पर्कमा रहेको आधारमा एनआरएनए संस्था गोर्खा मुद्दालाई नेपाल सरकारमार्फत सम्बोधन गराउन सक्षम रहेको दावी गरे ।
करिब ३५ वर्षअघि लमजुङको भोटेओडार भर्ती केन्द्रमा नाप जांचका लागि गएपनि आफू छनोट हुन नसकेको स्मरण गर्दै घलेले भने, ‘यदि म पनि गोर्खा भर्तीमा लागेको भए अहिले तपाईंहरुसंगै हुने थिएं । अर्थात तपाईंहरुले भोगिरहनु भएको समस्या अहिले म पनि भोगिरहेको हुने थिएं । त्यसैले गोर्खाहरुको समस्या मेरो पनि समस्या हो ।’
एनआरएन र भूतपूर्व गोर्खाहरु भनेको अनसेपरेबल (एउटै) हुन् भन्दै उनले एनआरएन शब्दलाई एउटा संस्था जस्तोः गेसो बिजिडब्ल्यूएस्, तमुधिं आदि भन्ने मात्र नबुझेर सार्क देशहरु बाहेक विदेशमा बसोबास गर्ने सबै नेपालीहरु एनआरएन हुन् भनी बुझ्न आवश्यक रहेको जोड दिए ।
गोर्खा समस्या साझा समस्या भएकोमा जोड दिंदै उनले सबै गोर्खा संस्थाहरुले विश्वसनीयता प्राप्त गरिनसकेको आरोप लगाए ।
गैर आवासीय नेपाली संघ, बेलायतका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले गोर्खा समस्याबारे अवगत गराउंदै घलेसमक्ष नेपाल सरकारलाई आफ्ना समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका थिए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन