लन्डन । बेलायत भ्रमणका सिलसिलामा एनआरएनए अध्यक्ष शेष घलेले भूपू गोर्खाहरुसंग साक्षात्कार गरेका छन् ।
गैर आवासीय नेपाली संघ, बेलायतले शनिवार रेडिङमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा घलेले भूपू गोर्खाहरुसंग तिनका समस्या बुझेर समाधानमा पहल गर्ने आश्वासन दिएका छन् । उनले सचिवालय स्थापना भएको झण्डै पन्ध्र वर्ष भइसकेको अवस्थामा आफू पनि नेपाल सरकार र राजनैतिक दलका नेताहरुसंग नियमित सम्पर्कमा रहेको आधारमा एनआरएनए संस्था गोर्खा मुद्दालाई नेपाल सरकारमार्फत सम्बोधन गराउन सक्षम रहेको दावी गरे ।
करिब ३५ वर्षअघि लमजुङको भोटेओडार भर्ती केन्द्रमा नाप जांचका लागि गएपनि आफू छनोट हुन नसकेको स्मरण गर्दै घलेले भने, ‘यदि म पनि गोर्खा भर्तीमा लागेको भए अहिले तपाईंहरुसंगै हुने थिएं । अर्थात तपाईंहरुले भोगिरहनु भएको समस्या अहिले म पनि भोगिरहेको हुने थिएं । त्यसैले गोर्खाहरुको समस्या मेरो पनि समस्या हो ।’
एनआरएन र भूतपूर्व गोर्खाहरु भनेको अनसेपरेबल (एउटै) हुन् भन्दै उनले एनआरएन शब्दलाई एउटा संस्था जस्तोः गेसो बिजिडब्ल्यूएस्, तमुधिं आदि भन्ने मात्र नबुझेर सार्क देशहरु बाहेक विदेशमा बसोबास गर्ने सबै नेपालीहरु एनआरएन हुन् भनी बुझ्न आवश्यक रहेको जोड दिए ।
गोर्खा समस्या साझा समस्या भएकोमा जोड दिंदै उनले सबै गोर्खा संस्थाहरुले विश्वसनीयता प्राप्त गरिनसकेको आरोप लगाए ।
गैर आवासीय नेपाली संघ, बेलायतका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले गोर्खा समस्याबारे अवगत गराउंदै घलेसमक्ष नेपाल सरकारलाई आफ्ना समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका थिए ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह