लन्डन । चितवनबाट बेलायत आइ बसेका नेपालीहरुको साझा संस्था चितवन सहायता कोष (क्याट यूके) का प्रतिनिधि र एनआरएनए आइसीसी सदस्य एवं डेनमार्कमा व्यवसाय चलाइरहेका चितवनका सोम सापकोटाबीच छलफल भएको छ । क्याट यूकेले गर्दै आएको सेवामुलक कार्यक्रमलाई अन्य मुलुकबाट पनि सहयोग जुटाइ कसरी अभियान अझ प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ भन्नेबारे छलफल भएको हो ।
क्याट यूकेले जिल्लाका विकट क्षेत्रमा रहेका पिछडिएका गरिव जनताको स्वास्थ्य र शिक्षाको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
छलफलमा व्यवसायी सापकोटाले चितवनवासीहरुको एउटा अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गरि समन्वय गर्न सके त्यसबाट श्रोत जुटाएर जिल्लावासीले बढि सहयोग पाउन सक्ने विश्वास व्यक्त गरेका थिए । भेटमा क्याट यूकेका पूर्व सल्लाहकार एवं वुद्धिजिवी सहप्राध्यापक डा. कृष्ण रेग्मीले अन्तर्राष्ट्रिय सञ्जाल गर्ने कुरा ज्यादै सान्दर्भिक भएको उल्लेख गर्दै यसले सांगठनिक सक्षमता वृद्धि हुने र सामूहिक रुपमा ठूला परोपकारी परियोजना समेत सञ्चालन गर्न सकिने धारणा राखेका थिए ।
त्यसैगरि, संस्थाका सल्लाहकार कृष्ण तिवारीले नेटवर्क विस्तार गरि सामाजिक काम गर्दा सेवाहरु नदोहोरिने विचार व्यक्त गरे भने सदस्य सालिक सापकोटाले आउट सोर्सिङ मार्फत जिल्लामा आवश्यक सीप उपलव्ध गराउन सके त्यसले आधुनिकीकरणमा टेवा पुग्ने बताए ।
छलफलमा सचिव यादव श्रेष्ठले क्याट यूकेको संस्थागत विकासका लागि भएका गतिविधि र कार्ययोजनाबारे प्रष्ट्याउंदै सञ्जाल निर्माण गर्नेबारे आफू सकारात्मक रहेको भनाइ राखेका थिए । उनले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार विषयलाई संस्थाको आगामी बैठकमा समेत राखिने जनाए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन