
‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने मूलनाराका साथ शुक्रबार वसन्तपुरमा ‘राष्ट्रिय टोपी दिवस’ मनाइँदै । तस्बिर ः सिबी अधिकारी, रासस
लन्डन । आज १ जनवरीका दिन अंग्रेजी नयां वर्षलाई डोमिनेन्ट गर्ने गरि फेसबुकभर टोपी लगाइएका तस्विर छरिए । के महिला के पुरुष । सबैको शिरमा टोपी थियो । ‘नेपाली बनौं, नेपालीपनमै रमाऔं…’ भन्ने मुल नाराका साथ वसन्तपुरमा राष्ट्रिय टोपी दिवस नै मनाइयो ।
आज फेसबुक वालभर तेश्रो टोपी दिवसका गतिविधि र टोपीका तस्विर देखेपछि दंग छन् यसका जन्मदाता । लन्डनमा अध्ययनरत गोरखा स्थायी घर भएका रामचन्द्र मरहट्टा उर्फ मचराले तीनवर्ष अघि शुरु गरेको अभियान अहिले सफल भएको छ । उनलाई यो अभियान यति सफल होला भन्ने पटक्कै थिएन ।
सन् २०१३ को अक्टोबरतिर मचराले फेसबुकबाटै नेपाली टोपी नेपाली राष्ट्रियता, पहिचान र अपनत्वको प्रतिक भएकाले यसको प्रचार प्रसार एवं संरक्षण गर्न जोड दिंदै अभियान थालेका थिए । उनले आफूले युवा समूहलाई नेपालमा ५ सय वटा टोपी नै वितरण गरेर अभियानलाई तीव्रता दिएको बताए ।
अब टोपी दिवसलाई सरकारी मान्यताका लागि पहल गरिने मचराले जनाए ।
उनले यो कुनै जात, धर्म, पेशा वा समुदायसंग लक्षित नभएर केवल राष्टियताका लागि गरिएको पनि प्रष्ट्याए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन