
‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने मूलनाराका साथ शुक्रबार वसन्तपुरमा ‘राष्ट्रिय टोपी दिवस’ मनाइँदै । तस्बिर ः सिबी अधिकारी, रासस
लन्डन । आज १ जनवरीका दिन अंग्रेजी नयां वर्षलाई डोमिनेन्ट गर्ने गरि फेसबुकभर टोपी लगाइएका तस्विर छरिए । के महिला के पुरुष । सबैको शिरमा टोपी थियो । ‘नेपाली बनौं, नेपालीपनमै रमाऔं…’ भन्ने मुल नाराका साथ वसन्तपुरमा राष्ट्रिय टोपी दिवस नै मनाइयो ।
आज फेसबुक वालभर तेश्रो टोपी दिवसका गतिविधि र टोपीका तस्विर देखेपछि दंग छन् यसका जन्मदाता । लन्डनमा अध्ययनरत गोरखा स्थायी घर भएका रामचन्द्र मरहट्टा उर्फ मचराले तीनवर्ष अघि शुरु गरेको अभियान अहिले सफल भएको छ । उनलाई यो अभियान यति सफल होला भन्ने पटक्कै थिएन ।
सन् २०१३ को अक्टोबरतिर मचराले फेसबुकबाटै नेपाली टोपी नेपाली राष्ट्रियता, पहिचान र अपनत्वको प्रतिक भएकाले यसको प्रचार प्रसार एवं संरक्षण गर्न जोड दिंदै अभियान थालेका थिए । उनले आफूले युवा समूहलाई नेपालमा ५ सय वटा टोपी नै वितरण गरेर अभियानलाई तीव्रता दिएको बताए ।
अब टोपी दिवसलाई सरकारी मान्यताका लागि पहल गरिने मचराले जनाए ।
उनले यो कुनै जात, धर्म, पेशा वा समुदायसंग लक्षित नभएर केवल राष्टियताका लागि गरिएको पनि प्रष्ट्याए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित