लन्डन । कहिल्यै मिल्न सकेनन् बेलायतका कांग्रेसीहरु । मतमतान्तरले अहिले स्वघोषित नेतृत्व आफ्नो रहेको दावी गर्ने तीन समूह पुगिसकेको छ ।
एकले अर्कालाई पटक्कै सम्मान गर्दैनन्, कुनै रचनात्मक काम त परै जाओस् । सायद यही विवादले होला, बेलायती नेपाली डायष्पोरामा सबैभन्दा बढि साख गुमाएको नै यही पार्टी भन्नेहरु अधिक छन् ।
प्रसंग आसन्न मेलमिलाप दिवसको हो । स्वतन्त्र सेनानीहरु वीपी कोइराला, गणेशमानसिंह लगायत अन्य नेताहरु भारतको निर्वासित जीवनबाट नेपाल फर्किएर राष्ट्रिय एकता र प्रजातन्त्रको सुदृढीकरणका लागि शुरु गरेको मेलमिलाप दिवस सामान्य अर्थमा मिलेर, एक भएर अघि बढे यस दिवसको सार्थकता बढ्ने हो । तर, यसै विषयलाई लिएर यहां झन् विवाद छ, कांग्रेसीहरु आपसी आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
लोक गुरुङ सभापति रहेको नेपाली जनसम्पर्क समिति, बेलायतले आगामी ३ जनवरी, २०१६ का दिन अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा मेलमिलाप दिवस मनाउने तयारी गरिरहंदा नेपाली जनसम्पर्क समिति विभाग सदस्य विज्ञान प्रसाईं समूहले उक्त मेलमिलाप दिवसबारे भ्रममा नपर्न अपिल गरेका छन् ।
प्रसाईंले एक विज्ञप्ति जारी मार्फत केही समययता नेपाली जनसम्पर्क समितिको नाममा केहीले कार्यक्रम गर्ने र मिडियामार्फत विभिन्न भ्रम फैलाएको भन्दै सचेत रहन अनुरोध गरेका हुन् । उनले सन् २००९ मा तीन वर्षका लागि सभापति निर्वाचित लोक गुरुङले संस्था कब्जा गर्ने उद्देश्यले विभिन्न बहानामा समितिको अधिवेशन नगराई आफैं अध्यक्ष कायम राख्न केन्द्रीय कार्यालयको कीर्ते गरि जनमानसमा आफू अझै अध्यक्ष भएको भ्रम फैलाउंदै हिंडेको जिकिर गरेका छन् ।
३ जनवरीमा गर्ने भनिएको मेलमिलाप दिवसबारे आफूहरु अनभिज्ञ रहेको समेत उनको विज्ञप्तिमा छ । उनले एकीकृत समिति बनिसकेको जनाउंदै केन्द्रीय कार्यालयसंग सम्पर्क गरि चांडै नै अधिवेशनको मिति तय गरिने पनि जनाएका छन् । जनसम्पर्क समितिको नाममा कुनै पनि कार्यक्रम नगर्न उनको चेतावनी छ ।
यसैबीच, ३ जनवरीको मेलमिलाप दिवसमा भाग लिन युरोपका अधिकांश देशबाट नेताहरु आउने क्रम शुरु भइसकेको गुरुङले जनाएका छन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]