लन्डन । जासुसी एजेन्सीहरुले लन्डन र अन्य युरोपेली मुलुकमा नयां वर्ष सांझ (न्यू इयर इभ) मा आतंककारी हमला हुन सक्ने प्रक्षेपण गरेपछि सुरक्षा सतर्कता बढाइएको छ ।
आतंककारी संगठन इस्लामिक स्टेट (आइएस) ले क्रिसमस र न्यू इयर इभको बीचमा बम हमला हुन सक्नेबारे सचेत गराएको दि टेलिग्राफले लेखेको छ ।
तर, होम अफेयर्स सेलेक्ट कमिटीका सभापति किथ भाजले भने नयां वर्ष विगत जस्तै सामान्य तरिकाले नै मनाउन जोड दिएका छन् । यसैबीच, लन्डन बाहिर चार क्षेत्रीय सशस्त्र प्रहरी बल स्थापना हुने अखवारले जनाएको छ ।
प्रतिआतंकवाद प्रमुख नयां प्रहरी बल राख्नेबारे बेलायती गृहमन्त्री टेरेजा मेसंग वार्तामा रहेको समाचारमा उल्लेख छ । एकसय ३० जनाको ज्यान लिने गरि पेरिसमा गत महिना आतंककारी आक्रमण भएपछि लन्डनका सडकमा अहिले दोब्बर जस्तो सशस्त्र प्रहरी खटाइए पनि लन्डनमा जस्तो बेलायतका अन्य शहरमा २४ सै घण्टा सशस्त्र प्रहरी परिचालित छैनन् ।
बेलायती गृह प्रवक्ताले पेरिस हमलापछि सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि र आक्रमण लगत्तै जतिसक्दो छिटो रेस्पोन्स गर्न ३४ मिलियन पाउण्ड उपलव्ध गराइएको जनाएका छन् ।
अहिले प्रत्येक दिन तीनसय जनासम्म आतंककारी, अपराधी र गैर कानुनी आप्रवासी यूके छिर्ने प्रयत्न गरिरहंदा बेलायतलाई कुनै पनि बेला आतंकवादी आक्रमणको चिन्ता छ ।
रसियन अधिकारीहरुले बिहीबार राती घरैमा बसेर नयां वर्षको स्वागत गर्न आफ्ना नागरिकहरुलाई सचेत गराएको छ । रसियाली संसदको माथिल्लो सदनका पर्यटन कमिटी प्रमुख भेलरी रिजन्सकी ले आफ्ना नागरिकलाई घरैमा बसेर नयां वर्ष मनाउन सचेत गराएका छन् ।
अष्ट्रियन अधिकारीहरुले क्रिसमस आसपासतिर युरोपमा अर्को आतंककारी हमला हुन सक्ने चेतावनी दिएका थिए ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप