लन्डन । बेलायत भ्रमणमा आउन लागेकी गायिका इन्दिरा जोशीको पहिलो कार्यक्रम आगामी २ जनवरीमा फार्नबोरो ओकफार्म कम्युनिटी हलमा हुने तय भएको छ । कार्यक्रममा सहभागी हुन उनी १ जनवरीमा लन्डन आइपुग्दै छिन् । इन्दिराले गोर्खा कल्चरल नाइटमा बेलायतभर १३ वटा ठाउंमा गाउने कार्यक्रम छ ।
नवगठित ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले कन्सर्ट गर्न लागेको हो ।
यौन हाउभाउले सधैं विवादमा तानिने लोकगायिका ज्योति मगरको भिजा अस्वीकृत भएपछि आयोजकले जोशीलाई झिकाएका हुन् । त्यसो त इन्दिरा पनि सेक्सी फिगरकै कारण चलेको कतिपयको बुझाइ छ । जब उनी स्टेज उत्रन्छिन्, तब दर्शकहरु गीत भन्दा उनको फिगरमै मोहित हुन्छन् । (हेर्नुस् तस्वीर)
इन्दिरालाई नेपालबाटै आउने नृत्य निर्देशक गोविन्द राईले पनि साथ दिने छन् । काउन्सिलकी कलाकार विभाग प्रमुख रोमियन लिम्बुले फार्नबोरोको शो सांझ ५ देखि राती ११ बजेसम्म हुने जनाउंदै सहभागी भइदिन सबैमा आग्रह गरेकी छिन् ।
इन्दिराको क्रेज अहिले नेपालमा अत्यधिक छ । गत सातामात्र उनले विदेशी कलाकारहरुको सहकार्यमा तयार पारेको ‘तिमी र म’ गीतको भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त गीतमा इन्दिरासंगै हलिउड गायक सिन किङ्सटन र श्रीलंकाली गायक इराजको पनि स्वर समावेश छ ।
गोर्खा कल्चरल नाइट फार्नबोरोपछि ३ मा वेल्स्, ८ मा कोल्चेष्टर, ९ मा रेडिङ, १० मा ग्रेज, १६ मा आसफोर्ड, १७ मा विनचेष्टर, २३ मा स्वीन्डन, २४ मा लन्डन, २९ मा ननिटन, ३० मा बेजिङस्टोक र ३१ मा क्याट्रिकमा हुने आयोजकले जनाएका छन् ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय