लण्डन । अवैध रुपमा सेन्ट्रल अमेरिकाको ग्वाटेमाला पुगेका १६ नेपाली पक्राउ परेका छन् ।
एएफपीका अनुसार ग्वाटेमालाका अधिकारीहरुले आइतबार उनीहरुलाई पक्राउ गरेका हुन् ।
ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीबाहिर बसमा यात्रारत अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । सम्भावित मानव ओसारपसारको आशंकामा प्रहरीले गरेको अपरेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुलाई अवैध रुपमा अमेरिका लगिँदै गरेको अधिकारीहरुले आशंका गरेका छन् ।
पक्राउ परेकाहरुको नाम खुलाइएको छैन । उनीहरु सबै पुरुष रहेको समाचारमा जनाइएको छ ।
नेपालीसँगै पक्राउ परेकामा १७ जना बंगलादेशी नागरिक पनि छन् ।
उनीहरुलाई सरकारी आप्रवासी सेवाले संचालन गरेको शिविरमा राखिएको छ ।
उनीहरु दक्षिण एशियाबाट सेन्ट्रल अमेरिका कसरी पुगे भन्ने खुलाइएको छैन ।
यसअघि जुन महिनामा पनि ११ नेपाली पक्राउ परेका थिए । उनीहरुको साथमा एशिया र अफ्रिकाबाट मानव ओसारपसार गराएको आरोपमा चारजना ग्वाटेमालाका नागरिकलाई पनि पक्राउ गरिएको थियो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]