सेन्जेन, ६ पुस । दक्षिणी चिनियाँ प्रान्तको एक औद्योगिक क्षेत्रमा आएको बाढीबाट तीस घर पुरिएका छन् भने त्यसमा परी कम्तीमा पनि ९१ जना हराएका छन् ।
सो बाढीपछि त्यहाँ पुरिएका घरबाट ग्यास विस्फोट भएको पनि बताइएको छ । रातो हिलो माटोको पहिरो आएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
आइतबार राति सो पहिरो आएको समाचारमा जनाइएको छ । सो रातो हिलोको पहिरोले घर तथा केही उद्योगहरु पनि बगाएको थियो ।
निर्माण क्षेत्रमा निर्माणका क्रममा निस्किएको माटोको उचित प्रबन्ध नगरिनाले यसरी माटोको पहिरो आएको अधिकारीहरुले जनाएका छन् ।
सरकारी पत्रिका ग्लोवल टाइम्स्ले जनाएअनुसार निर्माण क्षेत्रमा अव्यवस्थित रुपमा करिब ३३० फिट अग्लो माटोको थूप्रो रहेको र आइतबार राति आएको अविरल वर्षाले सो माटोको थूप्रो बगाएको जनाएको छ ।
अधिकारीहले जनाएअनुसार सोमबार बिहान ९ बजे सम्ममा कम्तीमा पनि ९१ जना स्थानीय तथा कारखानाका कर्मचारी हराएका छन् ।
उनीहरुलाई सो पहिरोले पुरेको छ । उद्वारको काम तदारुकताका साथ सुरु भएको भएपनि ती हराएका व्यक्तिको कुनै पत्तो नलागेको बताइएको छ ।
उक्त क्षेत्रमा उद्वारका लागि कम्तीमा पनि एक हजार ५०० जना उद्वारकर्मीलाई लगाइएको छ । उनीहरु सो क्षेत्रमा खटिरहेको भएपनि माटोको थूप्रो पन्छाउन निकै समय लाग्ने जनाइएको छ ।
उक्त हिलो माटोको भेल करिब २५ हेक्टर जमीनमा थुप्रिएको छ । मेसिन र मानिसले निकै मेहनेतका साथ काम गरिरहेका छन् तर पनि अहिलेसम्म एकजनालाई पनि उद्वार गरी बाहिर निकाल्न सकिएको छैन ।
चीनमा यस्ता कारखानामा हुने गरेका दुर्र्घटनाको सङ्ख्या बढ्दो मात्रामा देखिन्छ । पछिल्लो समयमा चीनमा भ्रष्टाचारका कारण पनि कारखानाहरुमा सुरक्षाका मापदण्डहरु अवलम्बन गर्ने काम निकै नै कमजोर भएको पाइन्छ ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ