
न्युयोर्क, २३ मङ्सिर । जर्मनका चान्सलर एन्जेला मर्केलले विश्व प्रसिद्ध पत्रिका ‘टाइम्स’ द्वारा पुरस्कृत गरिने ‘टाइम्स पर्सन अफ द एयर’ को उपाधि प्राप्त गर्न सफल हुनुभएको छ ।
उक्त पत्रिकाका सम्पादक नान्सी गिब्सद्वारा बुधबार जारी वक्तव्यमा जर्मन चान्सलर उक्त उपाधिद्वारा विभूषित भएको जनाइएको छ ।
मर्केललाई सिरियाली शरणार्थीदेखि ग्रीसको शरणार्थी सङ्कट लगायत विभिन्न विषयमा खेलेको भूमिकाको प्रशंसा गर्दै उक्त उपाधिद्वारा सम्मान गरिएको वक्तव्यमा बताइएको छ ।
मर्केललाई निरङ्कुशवादविरुद्ध कडा रुपमा प्रतिवाद गर्दै संसारमा राजनीतिक आदर्शवादी नेतृत्वको खडेरी परिरहेको सन्दर्भमा स्थिर तथा सदाचारी नेतृत्व गर्न सफल भन्दै उक्त उपाधि दिइएको सम्पादक गिब्सले बताउनुभयो ।
मर्केल पछिल्लो २९ वर्षमा सो उपाधि प्राप्त गर्ने पहिलो महिला हुनुहुन्छ ।
उक्त उपाधिका लागि अन्तिम सातमा छानिएका अल बग्दादी, डोनाल्ड ट्रम्प, ब्लाक लाइभ्स म्याटर एक्टिभिस्टस्, हसन रौहानी, ट्राभिस कालानिक र काइटलिन जेनरलाई उछिन्दै जर्मन चान्सलर मर्केल प्रथम हुनुभएको वक्तव्यमा जनाइएको छ ।
यसअघि महात्मा गान्धी (१९३०), क्वीन एलिजावेथ द्वितीय (१९५२), एडल्फ हिटलर (१९३८) र फ्रान्कलिन डी. रुजबेल्ट (१९३२) र रुज बेल्टपछि अमेरिकी राष्ट्रपति हुने सबै नेताहरुलगायतले सो उपाधि हासिल गर्नुभएको छ ।
यसवर्ष उपाधिका लागि नाम मनोनित भएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सन् २००७ मा सो उपाधि पाउनुभएको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक