
न्युयोर्क, २३ मङ्सिर । जर्मनका चान्सलर एन्जेला मर्केलले विश्व प्रसिद्ध पत्रिका ‘टाइम्स’ द्वारा पुरस्कृत गरिने ‘टाइम्स पर्सन अफ द एयर’ को उपाधि प्राप्त गर्न सफल हुनुभएको छ ।
उक्त पत्रिकाका सम्पादक नान्सी गिब्सद्वारा बुधबार जारी वक्तव्यमा जर्मन चान्सलर उक्त उपाधिद्वारा विभूषित भएको जनाइएको छ ।
मर्केललाई सिरियाली शरणार्थीदेखि ग्रीसको शरणार्थी सङ्कट लगायत विभिन्न विषयमा खेलेको भूमिकाको प्रशंसा गर्दै उक्त उपाधिद्वारा सम्मान गरिएको वक्तव्यमा बताइएको छ ।
मर्केललाई निरङ्कुशवादविरुद्ध कडा रुपमा प्रतिवाद गर्दै संसारमा राजनीतिक आदर्शवादी नेतृत्वको खडेरी परिरहेको सन्दर्भमा स्थिर तथा सदाचारी नेतृत्व गर्न सफल भन्दै उक्त उपाधि दिइएको सम्पादक गिब्सले बताउनुभयो ।
मर्केल पछिल्लो २९ वर्षमा सो उपाधि प्राप्त गर्ने पहिलो महिला हुनुहुन्छ ।
उक्त उपाधिका लागि अन्तिम सातमा छानिएका अल बग्दादी, डोनाल्ड ट्रम्प, ब्लाक लाइभ्स म्याटर एक्टिभिस्टस्, हसन रौहानी, ट्राभिस कालानिक र काइटलिन जेनरलाई उछिन्दै जर्मन चान्सलर मर्केल प्रथम हुनुभएको वक्तव्यमा जनाइएको छ ।
यसअघि महात्मा गान्धी (१९३०), क्वीन एलिजावेथ द्वितीय (१९५२), एडल्फ हिटलर (१९३८) र फ्रान्कलिन डी. रुजबेल्ट (१९३२) र रुज बेल्टपछि अमेरिकी राष्ट्रपति हुने सबै नेताहरुलगायतले सो उपाधि हासिल गर्नुभएको छ ।
यसवर्ष उपाधिका लागि नाम मनोनित भएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सन् २००७ मा सो उपाधि पाउनुभएको थियो ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा