ब्रसेल्स, १५ मङ्सिर । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसिया र टर्कीलाई आफ्ना आन्तरिक विवादको अन्त्यगरी इस्लामिक स्टेटविरुद्धको कारबाहीमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
उहाँले फ्रान्सको राजधानी पेरिसमा टर्कीका आफ्ना समकक्षी रिसिप तैइब अर्दाेगानसँग भएको भेटघाटका क्रममा मङ्गलबार सो धारणा राख्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उहाँले पछिल्लो समयमा टर्की र रसियाबीच जारी रहेको आक्रमणका कारण उत्पन्न परिस्थितिप्रति लक्षित गरी सो धारणा राख्नुभएको हो ।
हालैमात्र सिरियामा हमला गर्ने क्रममा रसियाको एक युद्धक विमान टर्कीले आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेको भनी खसालिदिएको थियो ।
सो घटनापछि पहिलो पटक अमेरिकी राष्ट्रपति ओबामाले दिनुभएको प्रतिक्रियामा सो धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो– “मेरो स्पष्ट धारणा यो छ कि टर्कीले आफ्नो आकासको रक्षा गर्न पाउछ र उसले सो अधिकार पनि राख्छ ।”
तर उहाँले अब यी सबै विगतका घटनाक्रमहरुलाई तन्काएर कुनै फाइदा नरहेकाले आगामी दिनमा एक भएर आइएसविरुद्धको कारबाहीका लागि लाग्नु नै श्रेयस्कर हुने बताउनुभयो ।
उहाँले वर्तमान विश्वमा हेर्दा हाम्रो साझा सत्रु भनेको आइएस हो र उसका विरुद्धमा लाग्न नै म सबैलाई अहिलेको अवस्थामा आग्रह गर्छु– राष्ट्रपति ओबामाले भन्नुभयो ।
हाल विश्वका नेताहरु जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागिताका लागि फ्रान्सको राजधानी पेरिसमा रहेका छन् ।
गत नोभेम्बर १३ मा पेरिसमा भएका आतङ्कवादी हमलाहरुमा कम्तीमा पनि १३० जनाको ज्यान गएको थियो । आइएसले सो हमला गरेको थियो ।
उक्त आतङ्कवादी हमलाको महिनादिन भित्रै सुरु भएको यस सम्मेलनमा आइएसका विरुद्धमा गरिनुपर्ने कारबाहीका बारेमा व्यापकमात्रामा चर्चा भएको प्राप्त समाचारमा जनाइएको छ ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण