लण्डन । नेपाली काँग्रेस समर्थित नेपाली जनसम्पर्क समिति बेलायतको कहिल्यै नटुङ्गिने अन्तरसंघर्षमा अब नयाँ समिति पनि थपिएको छ ।
कहिले लोक गुरूङको अध्यक्षतामा, कहिले चेतनाथ खनालको अध्यक्षतामा त कहिले विज्ञान प्रसाइँको संयोजकत्वमा गठन पुनर्गठन हुँदै अाएको जनसम्पर्क समितिमा अहिले मध्यमार्गी धारको दाबी गर्दै एकराज नेम्वाङले दाबी गरेका छन् ।
नोभेम्बर २९ मा अल्डरसटमा अायोजित भेलाले नेम्वाङको संयोजकत्वमा गठित समितिमा उपसभापति मनोज डंङ्गोल, महामंत्री सञ्जयभक्त कंडेल, सहमहामंत्री राजिब संग्रौला र सदस्यहरूमा सुवास राई, मनकुमार राई, ज्ञान गुरुङ, किशोर गुरुङ, बाबुराम प्रधान, कमलबहादुर पुर्जा, चिरण राई, कमल रोक्का, हर्कमाया लिम्बु, रामभक्त राई र सल्लाहकारहरूमा नरकुमारी लिम्बू र मोहन नेम्वाङ्ग रहेका छन् ।
जन सम्पर्क समिति प्रजातन्त्रमा विश्वास र आस्था राख्ने आप्रवासी नेपालीको आफ्नै संस्था भनिएता पनि ब्यबहारत बेलायतबासी नेपालीले त्यो अनुभूति गर्न नपाएको र संस्थागत भन्दा ब्यक्तिगत स्वार्थको हावीका कारण दुई खेमामा बिभाजन भएर दुईवटा समिति भएपनि संस्था नेतृत्व विहिन टुहुरो भएको नेम्वाङले अारोप लाए ।
नेपाली काँग्रेसमा आस्थावान र निष्ठावान करिब ६० प्रतिशतभन्दा बढी शुभचिन्तक, सक्रिय समर्थकको भावना र चाहानालाई अनुसार नयाँ समिति गठन गरेको उनले दाबी गरेका छन् । विभाजित समितिहरूलाई मिलाएर लैजान औपचारिक रूपमा वार्ता समितिको गठन गरी संवाद मार्फत समस्याको हल गर्न सक्दो प्रयास गरेपनि असफल भएपछि नयाँ समिति निर्माण गर्नुपरेको उनले बताए । उनले अब सबैलाई मिलाएर लैजाने र बहुमत कार्यकर्ताको समर्थन पाएकाले वैधानिक भएको दाबी पनि गरे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा