
काठमाडौँ, १५ मङ्सिर । कतारले प्रतिबद्धता व्यक्त गरेअनुरुप सो देशमा कार्यरत आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि ठोस कदम नचालेको एम्नेस्टी इन्टरनेसनलले आरोप लगाएको छ ।
एम्नेस्टीको अन्तर्राष्ट्रिय सचिवालयले गएराति विज्ञप्ति जारी गर्दै कतारले सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता गर्ने निर्णय भएको पाँच वर्ष भइसक्दासमेत आप्रवासी कामदारको अधिकार संरक्षणको प्रतिबद्धता पूरा नहुनु लज्जाको विषय भएको जनाएको छ ।
कतारमा कामदारको ट्रेड युनियन अधिकार, स्वास्थ्य र सुरक्षाको अधिकार, न्यायमा पहुँच, जागीर परिवर्तनको अधिकार, स्वदेश फर्कने अधिकार, घरेलु कामदारको सुरक्षाजस्ता विषय अझै सुधार नभएको एम्नेष्टीले जनाएको छ ।
उसले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)लाई कतारमा कामदारको अधिकारको सुरक्षाका लागि दबाब दिन आग्रह गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार