वाशिंगटन डीसी । हेल्प नेपाल नेटवर्क युएस शाखाले नेपालमा भूकम्प पछिको राहत तथा पुनर्निर्माणका लागि अहिलेसम्म दस लाख अमेरिकी डलर (झन्डै दस करोड रुपैया) संकलन भैसकेको जनाएको छ ।
सो रकम मध्ये पाँच करोड रुपियाँ बराबरको राहत सामग्री स्वयंसेवीहरुको सहयोगमा हेल्प नेपाल नेटवर्कको काठमाडौँ कार्यालयले भूकम्प प्रभावित १७ जिल्लाहरुमा वितरण गरिसकेको पनि नेटवर्कले जनाएको छ ।
गत वैसाख महिनामा नेपाल विध्वंसकारी भूकम्प जानासाथ नेटवर्कले संसारभरि फैलिएका नेपालीहरु तथा नेपालका मित्रहरुलाई सहयोगका लागि अपिल गरेको थियो ।
“हामी हाम्रो अपिलप्रति सहयोगदाताहरुले दर्शाउनु भएको प्रतिक्रियाबाट अत्यन्तै उत्साही भएका छौं। हामी सबै सहयोगीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौ,” शाखाका अध्यक्ष अभय श्रेष्ठले भने । उनले सबै स्वयंसेवक तथा साझेदार संस्थाहरुप्रति आभार पनि व्यक्त गरे ।
नेटवर्कले संकलित रकमबाट अस्थायी आवासहरु, अस्थायी सिकाई केन्द्रहरु तथा शौचालय बनाउन सहयोग गरेको थियो । तेस्तै १० जिल्लाहरुमा स्वास्थ्य शिविरहरु संचालन गरिएको थियो ।
दोस्रो चरणमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणमा सघाउने पनि नेटवर्कले जनाएको छ ।
हेल्प नेपाल नेटवर्कले शिक्षा विभागसँग मिलेर भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माण नमुना तयार गर्न पनि काम गरिरहेको छ । सिन्धुपाल्चोक र नुवाकोटमा सहयोगका लागि केही विद्यालयहरु छनोट गरिसकिएको र सन् २०१६ मा खासगरी विद्यालय पुनर्निर्माणमा ध्यान केन्द्रित गरिने पनि श्रेष्ठले जनाए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार