लण्डन । किरात राई यायाेख्या लण्डन उपशाखाकाे अायाेजनामा मुन्धुम सम्बन्धमा छलफल अायाेजना गरिएकाे छ ।
आख्यानकार, मदन पुरस्कार विजेता राजन मुकारुङ्ग साे कार्यक्रमका विशेष वक्ता थिए ।कार्यक्रममा सबैभन्दा पाको ब्यक्ति डिल्लीप्रसाद राई र नाक्छोंग धमिनी गीता राईको विशेष उपस्थिति रहेको थियो ।
डिल्लीप्रसाद राईले किरात राई संस्कार अनुसार फेटा गुथी मुकारुङ र नाक्छोङ्लाई सम्मान गरेका थिए ।
नाक्छोङ गीता राईले आख्यानकार मुकारुङलाई रिशिया गाउँदै आबुक / चिण्डोले शिर उभाउनी गरेका थिए ।
मानव उत्पतिको कथाद्वारा मुकारुङ्ले मुन्धुमको सुरु गरेका थिए । तीन चुलाको कथा, तायामा र खियामा लगायतको कथा वैज्ञानिक अाधारमा प्रस्टाएका थिए ।
कार्यक्रममा हेल्पिङ्ग युकेका युवाहरु सन्तोष राई, साङ्ग्नुमा राई, योजन राई लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।
बौद्धिक व्यक्तित्वहरू मकरध्वज राई, उदान बहादुर राई, मिलन राई, बम बहादुर राई लगायतको पनि कार्यक्रममा उपस्थिति थियो ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल