लन्डन । शंकास्पद वस्तु भेटिएपछि ब्रिटेनकै ठूलो ब्लु वाटर सपिङ सेन्टर खाली गराइएको छ । उक्त शंकास्पद वस्तुलाई शनिवार सांझ बम डिस्पोजल वीज्ञहरुले विस्फोट गराएपछि अप्रिय घट्ना चाहिं हुन पाएन । सपिङ सेन्टरले आफ्नो ट्वीटरमा प्रहरीले अनुसन्धान गरिरहंदा सपिङ क्षेत्र वरपर घेरा हालेर नियन्त्रणमा लिएको जनाएको छ ।
केन्ट प्रहरीले धेरै पसल खाली गराइएको जनाउंदै थप अनुसन्धान भइरहेको जनाएको छ ।
ब्रिटेनसहित समस्त युरोप नै यतिखेर आतंकवादको त्रासदीमा छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पेरिस आक्रमण लगत्तै ब्रिटेन पनि आतंकवादको निसानामा रहेको बताएका थिए । बेलायत पनि अहिले उच्च सुरक्षा सतर्कतामा छ ।
शनिवारमात्र बेल्जियम राजधानी ब्रसेल्स् मा आइएसले पेरिसकै जस्तो आक्रमण गर्ने योजना बनाएको त्यहांको जासुस संस्थाले पत्ता लगाएपछि सुरक्षा सतर्कता सबैभन्दा उच्च लेभल ४ मा राखिएको छ । त्यहांको मेट्रो रेल सेवा र धेरै पसल बन्द गरिएका छन् ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय